मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुका एक वडाध्यक्षविरूद्ध अख्तियारद्धारा मुद्दा, १५ हजार भ्रष्टाचार गरेको पुष्टि

कपिलवस्तुका एक वडाध्यक्षविरूद्ध अख्तियारद्धारा मुद्दा, १५ हजार भ्रष्टाचार गरेको पुष्टि

अपि टाइम्स

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका २ का वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

वडाध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिन एक सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएपछि सोमबार अख्तियारले उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनी विरूद्ध १५ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ क उपदफा १९क०बमोजिम कैदा सजाय बिगो बमोजिम जरिवाना माग गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।