मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, लामिछानेको असन्तुष्टि

टी२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, लामिछानेको असन्तुष्टि

अपि टाइम्स

काठमाण्डौ । टी२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी२० विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान रोहितसँगै आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी–२० विश्वकप क्रिकेट यही जुनरजुलाईमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपाल टी(२० विश्वकप क्रिकेटको समूह ुडीु मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र श्रीलङ्का रहेका छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

यसैबीच बलात्कार अभियोगमा सजाय भोगिरहेका क्रिकेटर सन्दिप लामिछानेले राष्ट्रिय टोलीको घोषणा लगत्तै असन्तुष्टि रहेको संकेत दिएका छन् । फेसबुकमा एक सन्देश लेख्दै उनले आफू षड्यन्त्रको शिकार भएको बताएका हुन् । उनले अंज्रेजीमा लेखेको भनाईमा ”मैले पोस्ट गर्नबाट आफूलाई टाढा राखें। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन्। म सबै कुरा भगवानमा छोड्छु। सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।”

यसबाट उनको असन्तुष्टि रहेको अनुमान गर्न सकिन्छ ।