मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैशाख २६ गते केपी ओली कपिलवस्तु आउँदै

बैशाख २६ गते केपी ओली कपिलवस्तु आउँदै

अपि टाइम्स

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुको दशौं जिल्ला अधिवेशनको लागि पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् ।

२६ र २७ गते चन्द्रौटामा अधिवेशन मिति तय भएअनुसार ओलीले २६ गते खुला सत्रको उद्घाटन गर्ने छन् । ओली आउने भएपछि नेताकार्यकर्तामा उत्साह थपिएको जिल्ला अध्यक्ष डम्बर शर्माले बताए । अधिवेशनको लागि पार्टीले ५ सय प्रतिनिधिसमेत चयन गरेको छ । अधिवेशनको तयारी तीव्र भएको शर्माले बताए ।

सकेसम्म सहमतिमा र नभए चुनाव हुने बताइएको छ । अध्यक्ष पदको लागि वर्तमान अध्यक्ष शर्मा, नेताद्धय विश्राम प्रसाद चौधरी र कृष्ण पौडेल मुख्य आकांक्षी छन् ।