मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेस्लर मुना श्रेष्ठलाई कसले दियो बलात्कार गरी ज्यान लिने धम्की ?

रेस्लर मुना श्रेष्ठलाई कसले दियो बलात्कार गरी ज्यान लिने धम्की ?

अपि टाइम्स

काठमाडौँ । नेपाली रेस्लिङ्मा ‘महिला हार्ड कोर रेस्लर’ मुना श्रेष्ठ (ड्र्यागन लेडी) लाई मार्ने धम्की आएको छ । एउटा अपरिचित नम्बरबाट आएको फोन रिसिभ गरेर कुराकानी गर्ने क्रममा जथाभावि बोल्दै आफूलाई मार्ने धम्की दिएको श्रेष्ठले बताएकी छन् ।

उनका अनुसार ती ब्यक्ति रुपन्देहीका दीपक भट्टराई हुन् । भट्टराईको देवदहमा भट्टराई पेट्रोल पम्प रहेको कुरा पुष्टि भएको समेत श्रेष्ठले जानकारी दिइन् । तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बसेर वैशाख १८ गते साँझ ६ बजेको समयमा फोन गरी आफूलाई मार्ने धम्की दिएको उनको भनाई छ । आफूलाई बलात्कार गर्ने र मारेर बोरामा कोचेर फाल्ने भन्दै सो ब्यक्तिले बराम्बार धम्की दिएको उनले फेसबुकमार्फत् बताइसकेकी छन् ।

अहिले आफू भैरहवा रहेको र काठमाडौँ पुगेर पत्रकार सम्मेलन गरी त्यसको फोटो सार्वजनिक गर्ने उनले अपि टाइम्सलाई बताइन् । उसंग फोनमा भनाभन भएको उनले बताइन् । प्रहरीसंग छलफल गर्न बोलाउँदा पनि ऊ नआएको श्रेष्ठको भनाई छ ।

ऊ सम्पर्कमा नआउने तर धम्की दिन नछाडेपछि अब गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, साइबर ब्युरो लगायतमा पुग्न लागेको श्रेष्ठले बताइन् । के विषयमा आफुमाथि यस्तो भएको हो बुझ्न नसकेको श्रेष्ठ बताउँछिन् ।

आफ्नो परिवार र बच्चा रहेको हुनाले ज्यानको असुरक्षा बढेको बताउँदै यो विषयलाई सार्वजनिक गर्नैपर्ने अवस्था आएको श्रेष्ठको भनाई छ । यस्ता ब्यक्तिबाट दिनप्रतिदिन अरु नेपाली महिलाहरु पनि पिल्सनु परेको कारण मुद्धामा जानुको विकल्प नरहेको श्रेष्ठले बताइन् ।