मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक्कासी सास फेर्न गारो भएको थियो, अनि कहिल्यै फेर्न नपाउने भए

एक्कासी सास फेर्न गारो भएको थियो, अनि कहिल्यै फेर्न नपाउने भए

अपि टाइम्स

प्यूठान । सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन भएको छ । उपचारको क्रममा बिहीबार साँझ प्यूठान जिल्ला अस्पताल विजुवारमा उनको निधन भएको हो ।

उनका ज्वाईं हिमलाल पुन मगरका अनुसार एक्कासि सास फेर्न गाह्रो भएपछि भेलुबाजेलाई अस्पताल भर्ना गरिएको थियो ।

हिमलालले भने, ‘उहाँलाई एक्कासी सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरेका थियौं । बोल्न सक्ने अवस्थामा नै हुनुहुन्थ्यो । केहीबेर अघि मात्र डाक्टरले मृत घोषणा गरे ।’

प्यूठान नगरपालिका–४ जुम्री घर भएका उनी बोल्ने शैलीका कारण सामाजिक सञ्जालमा चर्चित थिए । ६ महिना अघि मात्र उनले श्रीमती गुमाएका थिए ।