मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वन्यायाधीश गौतम नेतृत्वको समितिले सहकारी समस्या समाधान गर्ने

पूर्वन्यायाधीश गौतम नेतृत्वको समितिले सहकारी समस्या समाधान गर्ने

अपि टाइम्स

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरेको हो ।

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

‘यसबारेमा कुरा पहिला पनि उठेको थियो । यसको समस्या समाधान गर्नु थियो । त्यही समस्या समाधानका लागि एउटा समिति गठन भएको छ’, शर्माले भनिन्।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् । उनी सहकारी ठगीमा जोडिएको भन्दै नेपाली कांग्रेसले छानबिन हुनुपर्ने बताइरहेको छ।