मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचन समीक्षा गर्न रास्वपा सचिवालय बैठक आज

उपनिर्वाचन समीक्षा गर्न रास्वपा सचिवालय बैठक आज

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुनेछ ।

त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।