मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको यसरी भयो बिदाइ, सुटुक्क पुगे सन्दिप

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको यसरी भयो बिदाइ, सुटुक्क पुगे सन्दिप

अपि टाइम्स

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन ९क्यान०ले आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ । शुक्रबार साँझ एक कार्यक्रम आयोजना गरी क्यानले विश्वकप खेल्न जाने टोलीलाई बिदाई गरेको हो ।

बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा क्रिकेटर सन्दिप लामिछाने पनि सटुक्क पुगेका थिए । कार्यक्रममा उनी जाने बारे कमैलाई थाहा थियो । उनले सुरुमा गएर क्यान सचिव पारस खड्कालाई भेटेका थिए । त्यसपछि अरु खेलाडीसित भेट गरी क्रमैसंग अंकमाल गरेका थिए । त्यो दृश्यले सबैलाई आश्चर्यमा पारेको थियो ।

नेपाली टोली शनिबार वेस्ट इन्डिज प्रस्थान गर्दैछ । वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्डस रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्यान्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

९ स्थानमा ५५ खेल हुनेछ। कुल २८ दिन चल्ने विश्वकपमा २० टोलीले स्पर्धा गर्नेछन्।