मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा जमानत जफतपछिको रास्वपा सचिवालय बैठक, यस्ता छन् चार निर्णय

इलाममा जमानत जफतपछिको रास्वपा सचिवालय बैठक, यस्ता छन् चार निर्णय

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम२ को उपनिर्वाचन परिणाम पार्टी संगठन, अभियानलाई पुनर्विचार गर्ने अवसर भएको निष्कर्ष निकालेको छ।इलाममा रास्वपाको जमानत जफत भएको थियो ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले उपनिर्वाचन परिणामलाई जनताले बेलैमा घण्टी बजाएर सचेत बनाएको निष्कर्ष निकालेको महामन्त्री डा मुकुल ढकालले जानकारी दिए।

२०८४ मा यस्तो परिणाम आए हामीलाई ठूलो क्षति पुग्ने थियो। जनताले बेलैमा घण्टी बजाइदिएका छन्। आजको बैठकको निष्कर्ष यही थियो। अब हामी पार्टी, संगठनलाई पुनः व्यवस्थित गर्नेछौं, उनले भने।

इलामका जनताले घण्टी नबजाइ पार्टीलाई सांकेतिक घण्टी बजाइदिएकाले पार्टीको सिंहावलोकन जरूरी देखिएको पनि उनले बताए।

त्यस्तै पार्टी स्थापनाको दिनदेखि आजको दिनसम्म के कति सही गर्‍यौं, के कति गलत गर्‍यौं, पार्टीमा गर्नुपर्ने सुधारहरू के के हुन सक्छन्, आगामी कार्यदिशा के हुने लगायतका विषयमा पुनः मूल्यांकन गर्ने पनि निर्णय गरेका छौं, उनले भने, यसका लागि पार्टी महामन्त्रीलाई असार १ गतेभित्र प्रतिवेदन तयार पारी पार्टी सचिवालय बैठकमा पेस गर्ने जिम्मेवारी दिइएको छ।

यसका लागि महामन्त्री सहितको टोली जेठको दोस्रो सातादेखि देश दौडाहामा निस्किने पनि उनले बताए।

त्यसबीच हामी पार्टीका नेता(कार्यकर्ता, समर्थक(शुभेच्छुक, विभिन्न क्षेत्रका व्यक्तित्वसँग राय(सुझाव, परामर्श पनि लिनेछौं। यस आधारमा प्रतिवेदन तयार पार्ने र पार्टीलाई व्यवस्थित तुल्याउने छौं, उनले भने।

उनले पार्टीको नीति, दृष्टिकोण, कार्यदिशा पुनरवलोकनका अतिरिक्त नेताकार्यकर्ताबीच पुरस्कार र दण्डको विधिलाई पनि प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए।

यसैबीच वैशाख २९ का लागि तय भएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। महामन्त्रीले प्रतिवेदन तयार पारेपछि मात्रै बैठक बस्ने गरी सारिएको उनले बताए।

यस्तै, मन्त्रालय लगायत पार्टी सञ्चालनका लागि थप टिम बनाउने निर्णय पनि शुक्रबारको बैठकले गरेको छ।

बनेका टिमहरू पुनर्गठन गर्ने र टिममा सहभागिताको हाजिरी हेरेर कार्यसम्पादन मूल्यांकन गरिने उनले बताए। यस्ता टिम बनाउन पार्टी महामन्त्रीलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।