मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लखनउ चौथो स्थानमा पुग्दा हैदराबादको आशा समाप्त

लखनउ चौथो स्थानमा पुग्दा हैदराबादको आशा समाप्त

अपि टाइम्स

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ ।

हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य लखनउले ४ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो । उसका लागि प्रेरक माँकडले नटआउट ६४ रन बनाए, निकोलस पुरनले १३ बलमा ४४ रन हाने ।

हैदराबादका ग्लेन फिलिप्स, मयङ्क मार्कन्डे र अभिषेक शर्माले १र१ विकेट लिए । यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेट गुमाएर १ सय ८२ बनायो। उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ४७ रन बनाए ।

लखनउका क्रुनाल पाण्ड्याले २ विकेट लिए । जितसँगै लखनउ १३ अङ्कसहित चौथो स्थानमा पुगेको छ । ८ अङ्क रहेको हैदराबाद पुछारबाट दोस्रो स्थानमा छ । आजको जितसँगै लखनउले प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ । हैदराबादको सम्भावना कम छ ।