मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले नचिनेका प्रिय उमानाथ, अब के गर्लान् ?

एमालेले नचिनेका प्रिय उमानाथ, अब के गर्लान् ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । मुसुक्क हाँस्ने, नबुझेको कुरामा झोकी, गलत कुराको कटु आलोचक तथा राम्रो गर्नेहरुको मुक्तकण्ठले प्रसंसा गर्ने प्रकृति र स्वभावका ब्यक्ति हुन् उमानाथ पौडेल । बाणगंगा नगरपालिका वडा नम्बर १ वैरिया निवासी पौडेलको राजनैतिक, सामाजिक र पारिवारिक सबै परिवेशमा यस्तै स्वभाव देखिन्छ । धेरैलाई उनको यस्तो स्वभाव मन पर्दछ ।कतिपयलाई मन पर्दैन तर कतिलाई मन परेन भनेर उनले यो स्वभावलाई गलहत्याएका छैनन् ।
तर यहि स्वभाव मन नपराएर पौडेल लामोसमयदेखि एमाले कपिलवस्तुको नेतृत्वको अघि आखाको कसिङगर बन्ने गरेका छन् । अथवा नेतृत्वको छायामा परेका छन् भन्दा अत्युक्ति नहोला ।

शीष नेतृत्वसंग चपक्कै हुन नसकेका कारण उनले जति पार्टीमा उडान भर्न भर्न सक्नु पर्ने हो सकिरहेका छैनन् । दिइएको छैन । उनीभन्दा कति कम उमेर र अनुभव भएका ब्यक्ति पार्टीको लाभ लिने स्थानमा पुगे तर उमानाथ पुग्न सकेका छैनन् ।

कपिलवस्तु उद्योग बाणिज्य संघमा इतिहासकै सफल अध्यक्ष बने, मुलुकभरका घराना ब्यवसायीसंग उनी परिरिचत छन्, कोरोना कालमा जनताको घरघरमा पुगे, दुख, पीर र समस्यामा परेकाहरुको उद्धारमा लागिरहे, पार्टीले चपेटामा राखे पनि पार्टीको लिगेसी उनले छोडनन् ।

पार्टी बीचमा दुई धारमा रह्यो तथापी उनले मूलधार छोडेनन् । पार्टीमा रहे पनि गलत कुराको विरोध गर्न भने उनले कहिल्यै छोडेनन् । नेताको बैठक कोठा होओस् या चिया चोक र चौतरीमा गलत प्रवृत्तिविरुद्ध पौडेल गर्जने गर्दछन् अहिले पनि ।
उनमा नेतृत्व गर्ने क्षमता छ, अरु नेता कार्यकर्तामा उमानाथ परिचित छन् ,पारदर्शी र स्वच्छ छवि छ तर पनि एमाले कपिलवस्तुमा उनै उमानाथ सधैँ छायामा पर्ने गरेका पात्रमा पर्दछन् ।

एमाले कपिलवस्तुको १० औँ जिल्ला अधिवेशन नजिक आइरहँदा उनी घरमा छन् । जति चुनाव लाग्नु पर्ने हो उनलाई लागेको देखिदैन । उनको उम्मेदवारीबारे नेता कार्यकर्तामा जिज्ञासा भए पनि पार्टीपङ्ति भने मौनजस्तै देखिन्छ । पार्टीमा २ दशक बढी योगदान दिएका उमानाथ अबको अधिवेशनमार्फत् कुन पदमा पुग्छन् या यस्तै रहन्छन् अज्ञात छ ।

अधिवेशन आउन २ दिन मात्र बाँकी रहँदा उमानाथ कुन पदमा उम्मेदवार हुने हुन् या होइनन् अझै पक्का छैन । तर सामाजिक संजालमा उनको उम्मेदवारी रहनुपर्ने र पार्टीले पनि बुझेनु पर्ने भन्दै कुरा उठाइरहेका छन् । यहि कुराको समर्थक पिपराका गोपाल भट्टराई पनि हुन् ।

उमानाथको महत्वपूर्ण पदमा उम्मेदवारी पर्ने सुचनाले आफू खुसी भएको उनले लेखेका छन् ।
बाहिर हल्ला यो छ कि उमानाथ उपाध्यक्ष, सचिव र उपसचिवमा अहिले उठ्नुपर्दछ । उनी उठेमा निर्विकल्प निर्वाचित हुनेमध्येमा पर्दछन्, एकजना नेताले भने उहाँ आफै पनि अघि सर्नुपर्दछ ।

कार्यकर्ताको यो चाहाना भए पनि पौडेलले भने आफ्नै चाहानाका कारण पदहरु नलिएको बताउँछन् । पार्टीमा सबैसंग राम्रो सम्बन्ध रहेको भन्दै पार्टीले अवमुल्यन गरेको भन्न नमिल्ने उनले बताए । उनले भने ‘अहिले बिभिन्न अफर, अवसर आएका छन् । सबैको चिन्ता छ उमानाथ अघि आउनुपर्दछ भन्ने म सम्मान गर्दछु । अधिवेशन नलागेको होइन लागेको छ । नेताकार्यकर्तासंग फोन, भेट भइरहेको छ ।’
एक जना युवा नेताले उमानाथजस्तो राम्रो कामको प्रसंसक र गलत कार्यको आलोचक ब्यक्ति चाहिएको भन्दै यहि स्वभाव नहुँदा पार्टीमा मनपरीतन्त्र र दास प्रवृत्ति बढेको बताए । युवा नेता कमल क्षेत्री भन्छन् ‘उहाँ जत्तिका ब्यक्ति अब अघि बढ्नु पर्दछ । अरुले बढाउलान् भन्ने आश गर्नुहुन्न । अब उमानाथ जि आफै अघि बढ्नुपर्दछ । उहाँ पार्टीको राम्रो मान्छे हो ।’

पौडेलले अन्तिमसम्म केहि भए आफै जानकारी दिए । अबको नेतृत्वले युवा, देशकाल परिस्थिति, जनताको आकांक्षा बुझ्नुपर्ने उनको भनाई छ । लड्दा पार्टीमा बिभिन्न गुटउपगुट मौलाउने हुँदा सहमतिमा नेतृत्व चयन गर्नु पर्ने र आफ्नो पक्षमा पनि शीर्ष नेता सहमत भए अझै राम्रो हुने बताए ।

आलोचक रहँदा पार्टीमा पछि परेका उमानाथलाई नेतृत्वले त्यहि स्वभावमा स्विकार गर्नुपर्ने धेरै जनमत छ ।