मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मृगको मासु बिलो लगाउँदै गर्दा बाणगंगाको एक घरबाट ४ जना पक्राउ, भेटिए यस्ता हतियार

मृगको मासु बिलो लगाउँदै गर्दा बाणगंगाको एक घरबाट ४ जना पक्राउ, भेटिए यस्ता हतियार

अपि टाइम्स

कपिलवस्तु । विभिन्न हातहतियार र जङ्गली जनावर मृगको जस्तो देखिने मासु करिब ३० किलोसहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका १ जितपुर बस्ने ७३ वर्षीय धन बहादुर सेन, सोही नगरपालिका १ बुङची बस्ने असिम खाण, सोही नगरपालिका २ बस्ने ४१ वर्षीय दुर्गा बहादुर शाही र रूपन्देही बुटवल उपमहानगरपालिका ११ मिलनचोक बस्ने ५४ वर्षीय चित्र मल्ल रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

असिम खाणको घरको बरान्डामा जङ्गली जनावरको मासु काटी बिलो (भाग) लगाउँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई जनावरको मासुसहित पक्राउ गरेको हो ।
सोही स्थानबाट बा १३ च ८१८४ नम्बरको कार, लु ५१ प ५२६१ नम्बरको मोटरसाइकल र १६ राउण्ड टोटा समेत प्रहरीले बरामद गरेको छ ।

थप अनुसन्धानको क्रममा धन बहादुर सेनको घर तलासी गर्दा कोठाभित्र लुकाइछिपाई राखेको बाह्र बोर एकनाले बन्दुक २ थान, बाह्र बोर दुई नाले बन्दुक १ थान, दुवै बन्दुकमा लाग्ने टोटा २० थान, २२ हर्नेट लेखेको गोली ३ थान, म्याग्नममा लाग्ने गोली थान ३ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरी नरिक्षक गोपाल रायमाझीले बताए ।