मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेरालाई ‘घुस’ को अड्डा बनाउँदै मालपोत कपिलवस्तुका कर्मचारी, समातिए सुब्बा

डेरालाई ‘घुस’ को अड्डा बनाउँदै मालपोत कपिलवस्तुका कर्मचारी, समातिए सुब्बा

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । भूमि सुधार तथा जिल्ला मालपोत कार्यालय तौलिहवाका कर्मचारीले आफु बस्ने डेरालाई नै घुसको अड्डा बनाएर बस्ने गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सोमबार एक जना नायब सुब्बालाई घुससहित रंगे हात पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

सोमबार पक्राउ परेका कर्मचारी मालपोतका सुब्बा नरहरु खनाल रहेका छन् । उनलाई अख्तियारको टोलीले ३० हजार नगद घुससहित पक्राउ गरेको हो ।

जग्गा नामसारी गर्न सहजीकरण गरिदिने नाममा मालपोत कार्यालय नजिकै रहेको आफ्नै कोठाबाट खनालले सेवाग्राहीबाट घुस रकम लिएको अख्तियार बुटवलको टोलीले बताएको छ ।

अहिले मात्र होइन पटकपटक त्यहाँका कर्मचारी भ्रष्टाचारको आरोपमा पक्राउ पर्ने गरेका छन् । मालपोतका कर्मचारीले आफ्नो घर र डेरामा बोलाएरै सेवाग्राहीसंग लेनदेनको बार्गेनिङ गर्छन् भन्ने जनगुनासो पहिले पनि आउने गर्दथ्यो ।

सोमबारको यो घटनापछि मालपोत कार्यालयभित्र मात्र होइन कर्मचारीले आआफ्नो घर र डेरालाईसमेत घुसको अड्डा बनाएको कुरा पुष्टि भएको छ । कार्यालय परिसरभित्र हाकाहाकी घुस लेनदेन हुने गतिविधिले यहाँका सेवाग्राहीले हैरानी खेप्दै आएका छन् ।

घुस लिनेदिने क्रियाकलापकै कारण ठुलावडा र पैसावालको काम क्षणभरमै बन्ने गर्दछ भने सर्वसाधारणले मालपोत कपिलवस्तुमा घुस नदिएकै कारण पटकपटक धाउने दुख पाउने गरेको घामजस्तै छर्लङ्ग छ ।