मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावको पक्षमा पन्थी, केन्द्रीय नेताको हस्तक्षेप र टिके प्रथाको विरोध

चुनावको पक्षमा पन्थी, केन्द्रीय नेताको हस्तक्षेप र टिके प्रथाको विरोध

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले चुनावबाटै एमाले कपिलवस्तुको नेतृत्व चयन हुनुपर्ने बताएका छन् । सांसद पन्थीले निर्वाचन लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष भएको बताए ।

एमाले कपिलवस्तुको १० औँ अधिवेशनको सन्दर्भमा अपि टाइम्सको प्रश्नमा उनले आफू चुनावकै पक्षमा रहेको बताएका हुन् । वडावडाबाट प्रतिनिधि चुनिएको मत प्रकट गर्नकै लागि भएकाले उनीहरुलाई मत खसाल्न दिनुपर्ने पन्थीको धारणा छ ।

उनले भने, ‘सामान्यतया स्वस्थ ढंगको प्रतिस्पधाले पार्टीलाई राम्रो हुन्छ भन्ने मेरो मान्यता हो । लोकतन्त्रको सुन्दर पक्ष पनि यहि हो । प्रजातान्त्रिक अभ्यास हुनुपर्दछ । कार्यकर्ताले मजाले नेता छान्न पाउनु पर्दछ । कसैले टिका लाइदिने, ल हो याँ आधिकारिक भन्ने हुनुहुन्न । एमालेका कार्यकर्ताले जे फैसला गर्दछन् । त्यो राम्रै गर्दछन् ।’

सांसद पन्थीले एमालेको अधिवेशनलाई लिएर प्रतिनिधिलाई अनावश्यक हस्तक्षेप गर्न नहुने बताए । केन्द्रियस्तरका कुनै पनि नेताले प्रतिनिधिलाई हस्तक्षेप, दबाब र प्रभावमा पार्न नहुनेमा उनको जोड छ । उनले थपे, ‘केन्द्रका नेताले अनावश्यक अस्तक्षेप गर्न हुँदैन । चुनाव हुँदा साथीभाइले आपत्ति जनाउन पर्दैन । यो कथाले मागेको हो । पहिलेदेखि नै चुनाव हुँदै गरेकाले यसलाई स्वभाविक ठान्ने गर्नुपर्दछ । हामी कसैले हस्तक्षेप नगरौँ । खासगरी केन्द्रका मान्छेहरुले कसैलाई हस्तक्षेप गर्नु हुँदैन । प्रतिनिधिले त मिल्यो तर केन्द्रका कुनै नेताले कसैलाई बोकेर हिँड्नु हुँदैन । प्रतिनिधि र उम्मेदवारले भोट माग्ने कुरा जायज नै भयो तर केन्द्रका मान्छेले अनावश्यक हस्तक्षेप नगरौँ भन्ने मेरो मान्यता हो ।’

अध्यक्षको लाइनमा रहेका तिन जना उम्मेदवार (डम्बर शर्मा, विश्राम थारु र बाबुराम खनाल) सक्षम उममेदवार रहेकाले जसले जित्दा पनि पार्टीले नहार्ने आफ्नो विश्लेषण रहेको पन्थीले सुनाए । अहिलेसम्म कुनै पक्षमा नलागेको बताउँदै चुनाव भए पनि आफूले कसैलाई हस्तक्षेप नगर्ने पन्थीले दावी गरे । डम्बर शर्माको ३ बर्र्षे कार्यकाल सफल भएको उनको भनाई छ ।