मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइपिएल प्लेअफः बाहिरियो पञ्जाब, बेंग्लुरुको धड्कन बाँकी

आइपिएल प्लेअफः बाहिरियो पञ्जाब, बेंग्लुरुको धड्कन बाँकी

अपि टाइम्स

काठमाडौँ। पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ। शुक्रबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरुले ६० रनले पराजित गरेसँगै पञ्जाब प्लेअफको दौडबाट बाहिरने दोस्रो टोली बनेको हो।

बेंग्लुरुले दिएको २४२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १७ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन मात्रै बनाउन सक्यो।

पञ्जाबका राइली रुसोले सर्वाधिक ६१ रन बनाए। २७ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे। शशांक सिंह ३७, जोनी बेयरस्टो २७ र साम करन २२ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

बेंग्लुरुका मोहम्मद सिराजले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए। स्वप्रिल सिंह, लोकी फर्ग्युसन र कर्ण शर्माले २र२ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बेंग्लुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २४१ रन बनाएको हो।

बेंग्लुरुका ओपनर विराट कोहलीले सर्वाधिक ९२ रन बनाए। ४७ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे।

रजट पाटीदार ५५, क्यामरुन ग्रिन ४६, दीनेश कार्तिक १८ रनमा आउट हुँदा स्वप्रिल सिंह १ रनमा अविजित रहे।

पञ्जाबका हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। विधवत कावेरप्पाले २ विकेट लिँदा अर्शदीप सिंह र साम करनको नाममा १र१ विकेट रह्यो।

जितसँगै बेंग्लुरु प्लेअफ दौडमा कायमै रहेको छ। सातौँ स्थानमा उक्लिएको बेंग्लुरुको १२ खेलबाट १० अंक रहेको छ। पराजित पञ्जाब समान खेलबाट ८ अंक जोड्दै नवौँ स्थानमा छ।