मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका कारण प्रतिनिधि सभाको बैठक स्थगित

कांग्रेसका कारण प्रतिनिधि सभाको बैठक स्थगित

अपि टाइम्स

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न कांग्रेसले माग गर्दै आएको छ ।

आजको बैठकमा पनि नेपाली कांग्रेसले समिति नबनाइएको भन्दै अवरोध गरेको हो ।
आज २ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । दलहरूबीच सहमति नभएपछि निर्धारित समयभन्दा २ घण्टा ढिला बैठक सुरु भएको थियो । उक्त बैठक पनि कांग्रेसले अवरोध गरेको थियो ।

त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक करिब डेढ घण्टापछि बसेको थियो । दोस्रो बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए । लगत्तै कांग्रेस सांसदहरू उठेर नाराबाजी सुरु गरेपछि सभामुखले बैठक स्थगित गरे ।