मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दिपको पक्षमा आज विहान १० बजे कपिलवस्तुको जितपुरमा दबाब कार्यक्रम

सन्दिपको पक्षमा आज विहान १० बजे कपिलवस्तुको जितपुरमा दबाब कार्यक्रम

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकाको जितपुरमा सन्दिपको न्यायको लागि आज दबाबमूलक प्रदर्शन हुने भएको छ । सन्दिपको पक्षमा देशभर प्रदर्शन भइरहेको अवस्थामा कपिलवस्तुमा पनि उनका समर्थक, खेलाडी र बिभिन्न संघसंस्थाले विहान १० बजे प्रदर्शन गर्ने भएका हुन् । कार्यक्रमको लागि अभियान्ता डाक्टर निकालेस भुसाल पनि आउने छन् ।

बाणगंगा राइडर्स क्लव, बाणगंगा स्टार्क स्पोर्टस् क्लव, मोबाईल एसोसिएसन, क्रिकेट खेलाडी लगायत सहभागि भएर सन्दिपलाई न्याय दिनको लागि दबाब दिने बाणगंगा राइडर्स क्लवका विष्णु गैरेले जानकारी दिए ।

१० बजे चोकमा जम्मा भएर केहिछिन र्याली प्रदर्शन गरेर कोणसभा गर्ने उनीहरुले जनाएका छन् । कार्यक्रम सबैको रहेकाले स्वतस्फुर्त सहभागि हुन उनीहरुको आग्रह छ ।

सन्दिपले आफू अन्यायमा परेको भन्दै फेसबुकबाट सार्वजनिक गरेपछि उनको समर्थनमा नेता, सांसद, बुद्धिजिवी र वकिलहरुले पनि मुख फोरेका छन् । देशभर दबाब कार्यक्रम गरेर अदालतलाई सन्दिपको पक्षमा फैसला गराउन बाध्य पारिने अभियान्ताहरु बताउँछन् । अदालतले सन्दिपको पक्षमा फैसला नगरी मुद्धा सारेको सार्यै गरेर अन्याय गरेको भन्दै मुलुकभर प्रदर्शन हुन थालेको हो ।