मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खनाललाई दोश्रो भीम रावल बनाउँछौँ भन्ने ‘शक्तिशाली समुह’ को हारका कारण

खनाललाई दोश्रो भीम रावल बनाउँछौँ भन्ने ‘शक्तिशाली समुह’ को हारका कारण

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुको १० औँ अधिवेशनमार्फत् भएको नेतृत्व चयन नेताकार्यकर्ताको परिकल्पनाभन्दा बाहिर गयो । नेता कार्यकर्ताले एउटा सोँचेका थिए भयो एउटा । नतिजापछि एउटा पक्षको निद्रा हराम भएको छ भने एक पक्षले अनपेक्षित जित हासिल गरी आश्चर्यमा छन् । संस्थापन समुहको नेतृत्व गरेका डम्बर शर्मा र इतरहरुलाई एउटा गीतमा भनेझैँ ‘के सोचे थे जिन्दगीमा केके भयो आज भएको छ ।’

। एमाले कपिलवस्तुको २०७८, पुष २६ र २७ गते सम्पन्न नबौ जिल्ला अधिबेशनबाट ५२ मतबाट बिजयी भएका निबर्तमान अध्यक्ष डम्मर शर्मा (डुम्रे) यस पटकको दशौ अधिबेशनमा उहि पुराना प्रतिस्पधी बाबुराम खनालबाट २५ मतको झिनो मतान्तरमा पराजित हुन पुगे । खनालको २७८ मत आउँदा शर्माको २५३ मात्रै आयो ।

खनालले आफूले मात्र जित हासिल गरेनन् पदाधिकारीसहित अधिकांस पदमा आफ्नो पक्षको बर्चस्व गराए । अधिबेशनले उपाध्यक्षमा खनालतर्फकै बाणगङ्गाका शंकर पाण्डे निर्वाचित गर्यो भने चन्द्रौटाका चन्द्र बहादुर गहतराजलाई पुन अर्को अवधिको लागि सचिब पदमा चुन्यो । उपसचिवमा पनि खनाल पक्षकै देवी पोख्रेललाई प्रतिनिधिले रुचाए । अरु पदमा पनि खनालपक्षकै आधिपत्य छ ।

खनालले जित हासिल गर्दा सदैव शक्तिकेन्द्रको चेपुवामा परी अन्याय खेपिरहेका खनालले न्याय पाएको विश्लेषण नेताकार्यकर्तामा भइरहेको छ भने पावर, पहुँच र रवाफको धङधङीले अब नेता, कार्यकर्ता र प्रतिनिधिलाई छुन सक्दैन भन्ने सन्देश दिएको छ ।

अर्कातर्फ पार्टी एक ब्यक्ति र समुहको नीजि सम्पत्ति हुन सक्दैन भन्ने भाष्य पनि दशौँ महाधिवेशनले चिर्दै अबको नेतृत्वलाई आपसी, सहमति र समझदारीमा अघि बढ्नुपर्दछ भन्ने अर्कातर्फबाट दिएको छ ।

यसकारण हार्यो शक्तिशाली समुह

पुर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा (ओली) ले बैशाख २६ गते शिबराज नगरपालिकाको एक रङ्गशालामा दशौँ हजार जनसमुदायबिच अधिवेशनको उद्घाटन भएको थियो । कम्युनिस्ट पार्टीमा नेताहरुको चाहाना अनुरुप नेतृत्व चयन गर्ने आम चलन छ । नेताहरुको स्वार्थसङ्ग बाझिने ब्यक्ति नेतृत्वमा आउन सक्नु भनेको फलामको चिउरा चपाउनु सरह नै हो भन्दा अत्युक्ति हुँदैन । नेपाल मात्र होइन विश्वभरका कम्युनिष्ट पार्टीभित्र प्राय यहि चरित्र देखिन्छ ।

कपिलवस्तुमा यहि चरित्रले मात खाएको छ । कपिलवस्तुमा एमालेको नेतृत्वमा बाबुराम खनालले आउन सफल हुनु भनेको चानचुन कुरा होइन, आश्चर्यजस्तै भएको छ । यसै जिल्लाकी राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे, भुमि ब्यबस्था गरिबी निवारण तथा सहकारी मन्त्री बलाराम अधिकारी, पोलिटब्युरो सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराई , केन्द्रिय सदस्य बृजेश कुमार गुप्ता, केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपाने, शुशिल कुमार श्रीवास्तव, सेराज अहमद फारुकि, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायत अधिकांश प्रदेश स्तरीय नेताहरु नवनिर्वाचित बाबुराम खनाललाई अध्यक्ष नहोस भन्ने पक्षमा थिए र चुनावको पलसम्म पनि उनीहरुको गृहकार्य कम देखिदैनथ्यो ।

त्यतिमात्र होइन जिल्लाका अगुवा मानिने नेताहरु बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणि अर्याल , महाधिबेशन प्रतिनिधि परिषदका टेकराज पौडेल, बिजयनगरका अध्यक्ष गोपाल बहादुर थापा, शिबराजका पुर्वमेयर नेत्रराज अधिकारी, प्रदेश मन्त्री अर्जुन केसि , शिबराज नगरपालिकाका पुर्व एमाले मेयर उम्मेदवार माधब पोख्रेल ,बुद्धभुमिका मेयर पदका उम्मेदवार पिताम्बर खनाल, , प्रदेश कमिटीका अधिकांश सदस्यहरु प्रदेश सभाका निर्वाचित अधिकांस सदस्यहरुले डम्मर शर्माको पक्षमा लबिङ्ग गरे । शर्माकै पक्षमा माहौल बनाउन लागे ।

कार्यकर्तामा लागिरहेको थियो खनालको अब लज्जास्पद हार हुने भयो । किनकि खनाल पक्षलाई साथ दिने शक्तिशाली नेतामा प्रदेश सदस्य विष्णु पन्थी, पूर्व अध्यक्ष झविलाल पोख्रेलबाहेक अरु केन्द्र र प्रदेशका नाम चलेका ब्यक्ति कोहि थिएनन् । तथापी चुनावी नतिजा घोषणा हुँदा खनालको सानदार तवरले नेतृत्वमा इन्ट्रि भयो । कुनै महत्वपूर्ण ब्यक्तित्वहरुले सहयोग नगर्दा नगर्दै पनि खनालले बाजि मार्न पुगे ।

अधिबेशनलाई प्रभाव पार्न चैत्र २९ गते तय भएको जिल्ला अधिबेशन भुमि ब्यबस्था मन्त्री बलाराम अधिकारीको अमेरिका उडान भर्ने बाध्यताका कारण ३ दिन अघि सारेर बैशाख २६ गते शुरु गरिएको थियो । यसरी सार्नुको कारण थियो बलरामको सक्रियता बढाउनू । बैशाख २५ गते नै जिल्ला आएका मन्त्री अधिकारीले डम्मर शर्मालाई आफ्नो अन्तरमनले अध्यक्ष नमान्दा नमान्दै माथिल्लो नेताहरुको बाध्यतामा परेर समर्थन गर्नु परेको समाचार श्रोत बताउँछ ।

डम्मर शर्मा स्याङजा जिल्लाकै उत्पादन भएकोले प्रदेश इन्चार्ज पद्मा अर्याल पनि शर्माकै पक्षमा थिइन् तर देखिने र बुझिने गरि उनले कहि सार्वजनिक अभिब्यक्ति भने दिइनन् । गत भदौ १६र १९ मा सम्पन्न प्रथम लुम्बिनी प्रदेश अधिबेशनमा केन्द्रिय सदस्य हरी रिजाललाई अध्यक्ष बनाउन नेतृत्व गरेका बलराम अधिकारी र राधाकृष्ण कँडेललाई अध्यक्ष बनाउन चाहेका खिमलाल भट्टराईको टक्करबिच अधिकारीले यो पटकको निर्वाचनमा उपाध्यक्ष बिश्राम चौधरीलाई बनाउन चाहन्थे तर चौधरी पार्टी नेता हुनभन्दा ब्यबसाय र आगामी निर्वाचनमा बाणगङ्गा नगरको मेयर तथा प्रदेश सांसदको बार्गेनिङतर्फ ध्यान दिएकोले अधिकारीले चाहना गरे अनुरुपको योजनाले सार्थकता पाएन । अपि टाइम्सले पनि टिकटको आश्वासनपछि थारु अध्यक्षबाट पछि हटे भनेर समाचार लेखेको थियो ।

सुरुमा अध्यक्ष पदमा दाबा पेश गरेका विश्व सचिव पदमै हारे । आफुलाई अध्यक्ष दावी गर्दै केन्द्रिय महासचिब शंकर पोख्रेल र अन्य नेताहरुसङ्ग धाउन पुगेका कार्की अध्यक्ष हुनको लागि एक अवधि पदाधिकारी भएको हुनुपर्ने भनेपछि अध्यक्षबाट ब्याक भएर पुन सचिव पदमा उठ्न कन्भिन्स भए । कार्र्की अघिल्लो निर्वाचनमा सिवी गहतराजसंग २ मतले पराजित भएका थिए भने यो पटक सोहि पदमा फराकिलो मतान्तर ‘९२’ ले पराजित भए ।

एमाले पार्टीको कपिलवस्तुमा सङ्गठन निर्माण हुदै गर्दा अखिल अध्यक्षको जिम्मेवारी पुरा गर्दै अघि बढेका नेता कार्की पराजित हुनुपछाडी नीजि र पारिवारिक कारण छन् । पार्टीमा मरिमेटेर लागे पनि तिनै कमजोरीको कारण कार्की २ पटक लगातार हार ब्यहोर्न बाध्य भए । उनको हारलाई अप्रत्यासित भनिएको छ । नीजि जीवनका कमजोरीबाहेक कार्कीको जति देन अरु नेताको सायदै होला ।

पार्टी र नेताहरुलाई तिसाँै बर्षदेखि निरन्तर आर्थिक र भौतिक सहयोग गरेका कार्कीको यो फराकिलो हारले उनलाई राजनीतीबाट पलायन नै गराउने हो कि भन्ने लख काट्न थालिएको छ । अब कार्कीले कुन बाटो लिन्छन् या यहि समुहसंग मिलेर आगामी गोरेटो कोर्ने हुन् अनिश्चित छ ।

उपाध्यक्ष पदमा यसपटक बाणगङ्गाकै दुई जना अग्रज ब्यक्तिबीच पेचिलो चुनाव भयो । बौद्धिक छवि निर्माण गरी पत्रकारितामा जमेका भेषराजलाई किसान कर्ममा लागेका अत्यन्तै शालिन शंकर पाण्डेले भारी मतान्तर ‘१११’ मै हराए । पत्रकार तथा प्राध्यापक भेषराज पाण्डेको पराजयले पनि धेरै मान्छेलाई अचम्मित पारेको छ । बर्तमान भुमि ब्यबस्था मन्त्रीको स्वकिय सचिव भएको, बारम्बार पार्टीबाट अवसर पाइरहेकै ब्यक्ति पाण्डेलाई उपाध्यक्षको उम्मेदवार बनाउनु नै गलत थियो भनेर नेताकार्यकर्तामा पहिले नै चर्चा थियो । आखिरी भेषराजको हारले पनि त्यहि पुष्टि गर्यो ।

शक्तिकेन्द्रको साथ पाउँदा पाण्डेको खुट्टा भुईमा थिएन नै भन्दा फरक नपर्ला । यता पार्टीमा जीवन नै अर्पण गरेका शंकर पाण्डे जहिले पनि अवसरबबाट बंचित थिए । पार्टी प्रतिनिधिले पनि त्यहि त्यागको कारण भेषराज पाण्डेभन्दा जीवनमा पार्टीबाट केहि नपाएका शंकर पाण्डेलाई न्याय दिए भन्दा फरक पर्दैन । भेषराजको अर्को कमजोरी भनेको आफूमातहतसंग गुट नमिल्नलाई हेप्ने र भित्तामै पुर्याउने खालको कमजोरीले पनि भेषराजसंग नेताकार्यकर्ता सन्तुष्ट रहेनछन् भन्ने पुष्टि हुन्छ ।

पार्टीलाई नीजि कम्पनी बनाउन खोज्ने डम्बर शर्मा र इतरको कमजोरीले पनि शक्तिशाली समुहको पराजय भयो । यस पटकको चुनाबबाट बाबुराम खनाल दोश्रो भिम रावल बन्दै छन् भन्ने हल्ला पनि संस्थापन पक्षले नचलाएको होइन । त्यो शक्तिशाली समुहले एमालेलाई आफु अनुकुल प्रयोग गर्दै छन् भन्ने प्रचार भएको थियो ।

एक जना प्रतिनिधिले भने जुन उम्मेदवार शर्मा खेमाबाहिर हुन्छ ऊ सिद्धिन्छ भन्ने बाताबरण बनेको थियो भने पार्टीमा अवसर पाउनेहरु सरकारमा नियुक्ति पाउनेवालका पेट मान्छे रहेका नेता कार्यकर्तालाई राम्ररी ज्ञात थियो । नेता, कार्यकर्ता र प्रतिनिधिले यो कुरा ३ बर्षदेखि झेल्दै आएका थिए भन्ने मनोविज्ञान नबुझेर सत्ता र पावरले सवकुछ हासिल हुन्छ भन्ने मूर्खता नै डम्बर शर्मा हार्नुको प्रमुख कारण रहेको नेताहरु बताउँछन् ।

शर्माले हार्नुको अर्को कारण आफ्नो र आफुलाई सहयोग गर्ने को हो ? नछुट्याउने बरु अर्कैको बहकाउमा लाग्नु पनि रह्यो । गुटको पछि लाग्दा उनले आफ्नै सहयोगी समुहलाई चिन्न सकेनन् । यसैले मै हुँ भने पनि शर्मा पछिल्लो समय यता न उताका भएका थिए ।

माधब नेपालको पार्टीबाट आएका सर्बेन्द्र खनाल युवा संघको इन्चार्ज गराएको र जिल्ला अधिबेशनको हर्ताकर्ता बनाएको कुरा पनि जिल्लामा एमाले बनाउन ज्यान फालेका युबाहरुलाई मन परेको थिएन । यो पनि शर्मा हारको अर्को कारण हो । चुनावमा जितेको श्रेय आफैले लिन खोज्ने र पार्टीभित्रको जीवन मिलाउन नसक्ने कमजोरीका कारण पनि शर्माको शक्तिशाली समुह पराजयको कारण पराजित भएको विश्लेषण भइरहेको छ ।

यता जित हासिल गरेको समुहले भने अब सबैलाई मिलाएर लैजाने बताएको छ । चुनावको हारजितलाई बढी पेचिलो बनाउन नहुने भन्दै कसैको हार र कसैको जित नभएको बताउँदै नेकपा एमालेले जितेको नवनिर्वाचित अध्यक्ष खनालले बताएका छन् । जसले हारेजिते पनि अहिलेको एमाले नेतृत्व राम्रो बनेको नेताकार्यकर्ताको बुझाई छ ।