मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिबी राईको पासपोर्ट रद्ध गर्न प्रहरीको पत्राचार

जिबी राईको पासपोर्ट रद्ध गर्न प्रहरीको पत्राचार

अपि टाइम्स

काठमाडौं । विभिन्न सहकारीको अर्बौं रकम घोटालामा फरार रहेका जिबी राईको राहदानी रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्नका लागि आइतबार पत्र लेखेर विभागमा पठाएको स्रोतले बतायो।

‘राहदानी रोक्का गर्नका लागि पत्र लेखेर पठाइएको छ। राहदानी विभागले निर्णय गर्ला,’ स्रोतले भन्यो।

यसरी आएको पत्रबारे राहदानी विभागले अध्ययन गरिरहेको प्रवक्ता रमेशकुमार चर्मकारले जानकारी दिए।

‘भर्खरै प्राप्त भएको होला। हामीले अध्ययन गरिरहेका छौं। भेरिफाइ गर्नुपर्ने कामकारबाहीहरू भएपछि निर्णय हुन्छ,’ उनले सेतोपाटीसँग भने।

फरार रहेका राईलाई पक्राउ गर्नका लागि विभागले उनको राहदानीलाई ‘कालोसूची’ मै राखेको छ। यद्यपि रोक्काररद्द गर्नेबारे पनि कानुनी प्रक्रियाअनुसार अघि बढ्ने उनको भनाइ छ।

राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको छ। यद्यपि उनी अझै पक्राउ पर्न सकेका छैनन्।

उनलाई पक्राउ गर्न कूटनीतिक तवरबाट पनि प्रयास भइरहेको सरकारले दाबी गर्दै आएको छ।