मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिन काँग्रेस तयार

सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिन काँग्रेस तयार

अपि टाइम्स

काठमाण्डौ । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपछि आफ्नो माग पूरा नभएसम्म अवरोध कायमै राख्ने निष्कर्ष निकालेको छ ।

बैठकअघि बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । अवरुद्ध संसद खुलाउने विषयमा छलफल केन्द्रित थियो ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमका लागि सहज वातावरण बनाइदिन सहयोगका लागि आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । कांग्रेसले लामो समयदेखि सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।

त्यस्तै कांग्रेसले संसद्मा गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी विषय पनि उठाउने भएको छ ।