मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीपको मुद्दामा बहस जारी, आज नआए भोलि फैसला आउने

सन्दीपको मुद्दामा बहस जारी, आज नआए भोलि फैसला आउने

अपि टाइम्स

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस जारी छ । उक्त मुद्दाको न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो ।

सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको छ ।

सरकारी पक्षका दुई जना वकिलले बहस गरिसकेका छन् । त्यसपछि सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, मुरारी सापकोटा र शम्भु थापाले पनि बहस सिध्याएका छन् ।

अब वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र सविता भण्डारीले बहस गर्ने छन् । सन्दीप पक्षको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्ने त्यसपछि न्यायाधीशले फैसला सुनाउने बताइएको छ ।

स्रोतका अनुसार आजै फैसला आउन सक्ने सम्भावना पनि छ । यदि आज बहस नसकिए मुद्दालाई हेर्दा हेर्दैमा राखेर भोलि यही इजलासमा सुनुवाइ हुनेछ ।