मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप लामिछाने पक्षका वकिलको सुरु भयो बहस

सन्दीप लामिछाने पक्षका वकिलको सुरु भयो बहस

अपि टाइम्स

काठमाडौँ । जबर्जस्ती करण मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहरिएका सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ । मंगलबारदेखि निरन्तर जारी सुनुवाइमा जाहेरवाला गौशाला २६ पक्षका कानुन व्यवसायीको बहस सकिएको छ ।

अहिले लामिछाने पक्षका कानुन व्यवासायीले जवाफी बहस गरिरहेका छन् । यसअघि गौशाला २६ का निजी वकिलले गरेका तर्क काट्दै उनीहरूले लामिछानेलाई सफाइ दिनुपर्ने जिकिर गरेका छन् ।

लामिछानेका तर्फबाट अधिवक्ताद्वय सविता भण्डारी र सरोजकृष्ण घिमिरेले जवाफी बहस गरिरहेका छन् । उनीहरूले ५० मिनेटभित्र आफ्नो बहस सक्नुपर्ने छ । त्यसपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले मुद्दालाई फैसला प्रक्रियामा लैजाने छ ।

१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा ८ सन्दीपविरुद्ध वर्ष जेल सजाय, पीडितलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति र दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो । उक्त फैसलालाई चुनौती दिँदै सन्दीप उच्च अदालत पुगेका हुन् । उच्च अदालतमा ११ फागुन २०८० मा सन्दीपको निवेदन दर्ता भएको थियो ।