काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २८ वैशाखमा संसदमा दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् ।
२८ वैशाख २०८० मा बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस महामन्त्री थापालाई सभामुखले ३ मिनेट समय दिएका थिए । उनी बोल्दै जाँदा सभामुखले २ मिनेट समय थप गरिएको बताएका थिए । त्यस क्रममा थापाले आफूलाई निगाहाको समय चाहिँदैन हकको समय चाहिने अभिव्यक्ति दिएका थिए ।
एमाले अध्यक्ष ओलीले बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाको अभिव्यक्ति मर्यादित नभएको बताए ।
‘सभामुखलाई के भन्या त्यो ? तपाईंले दिएको निगाहाको समय चाहिँदैन । अनि सभामुखले दिएको समयमा नबोलेर घरबाटै ल्याएको समयमा बोल्ने ?’ महामन्त्री थापालाई ओलीको प्रश्न छ, ‘आफ्नो स्वेच्छाचारिता हुन्छ संसदमा ?’
थापाले कांग्रेसको महामन्त्री पद अनुसारको अभिव्यक्ति नदिएको ओलीको टिप्पणी छ । उनी भन्छन्, ‘के भन्या कांग्रेसको पनि महामन्त्री जस्तो पद समातेर बस्या मान्छेले ? के बोल्या त्यो ? कि कांग्रेसको कार्यकर्ता भयो भने कुनै पद ओहोदामा केहीमा भएपनि कसैलाई सम्मान गर्न नपर्ने हो ?
२८ चैतमा बसेको बैठकमा सभामुख देवराज घिमिरेले अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि कांग्रेस सांसदहरुले अवरोध गरेका थिए । कांग्रेसको अवरोधकाबीच सभामुख अगाडि बढ्न खोजेपछि कांग्रेसका सांसदहरुले टेबुल ठोकेर विरोध गरे ।
त्यसपछि सभामुख घिमिरेले महामन्त्री थापालाई बोल्न तीन मिनेट समय दिएका थिए । कांग्रेस सांसदहरुले कम समय दिएको भनेर फ्लोरबाटै विरोध जनाए ।
महामन्त्री थापा बोल्न थाले । तीन मिनेट समय कटाएपछि सभामुखले दुई मिनेट थपिदिएको बताए । त्यसपछि महामन्त्री थापाले सभामुख लक्षित अभिव्यक्ति दिए ।
‘मलाई समय नदिए पनि केही छैन । किनकि मलाई निगाहाको समय चाहिंदैन । मलाई मेरो हकको समय चाहिन्छ’ महामन्त्री थापाले भनेका थिए ।अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।
मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँचजनालाई विपक्षी बनाई रिट दर्ता गरेका थिए। जोशीका पक्षमा पाँचजना अधिवक्ताले बहस गरेका थिए ।
स्थानीय तहको निर्वाचनअन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए। प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए ।अनलाइनखबरबाट
प्रतिक्रिया