मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उच्च अदालतको फैसलासंगै सन्दीप विश्वकपमा खेल्न जाने

उच्च अदालतको फैसलासंगै सन्दीप विश्वकपमा खेल्न जाने

अपि टाइम्स

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका हुन् ।

पाटन उच्च अदालतले बुधबार मात्रै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । सफाइ दिने पाटन उच्च अदालतको फैसला लगत्तै क्यानका सचिव पारस खड्काले निलम्बन फुकुवाका लागि बोर्डमा छलफल थालिएको खबरहबलाई बताएका थिए ।

निलम्बन फुकुवा भइसकेपछि सन्दीपको टी(२० विश्वकप खेल्ने ढोका खुलेको छ । क्यानले अदालतको फैसलाअनुसार निर्णय लिएको हो ।

बलात्कार जस्तो गम्भीर मुद्दामा सफाइ पाएसँगै सन्दीपले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने ढोका पनि खुलेको छ ।आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा टी(२० विश्वकप हुँदैछ ।

यो विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दैछन् ।विश्वकपका लागि यसअघि नै नेपालले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले गत १ सम्म टोली घोषणाका लागि समय दिएको थियो।

आईसीसीको निर्देशनअनुसार नेपाल क्रिकेट संघ ९क्यान० ले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।उच्च अदालतबाट सफाइ पाए र क्याबाट निलम्बन फुकुवापछि सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने भएका छन् ।

विश्वकपका लागि यसअघि नै नेपालले टोली घोषणा गरे पनि मुनासिव कारण खुलाएर टोलीको सदस्य हेरफेर गर्न पाउँछ । त्यसका लागि आईसीसीले समय पनि दिएको छ ।

आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर टोलीमा हेरफेर गर्न मे २४ सम्मको समय दिएको छ । त्यसका लागि नेपालसँग ९ दिन समय छ ।

यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्यानले २०८० पुस २६ गते निलम्बन गरेको थियो । उनलाई त्यसबेला आठ वर्ष कैद सजाय तोकिदिएपछि क्यानले उक्त निर्णय लिएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसँगै सन्दीपबाट ३ लाख जरिवानासहित पीडितलाई ५लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएसँगै क्यानले अदालतको निर्णय पालन गरिएको जनाएको थियो ।

२०७९ भदौमा एक युवतीलाई होटेलमा लगेर बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई १३ पुस २०८० मै दोषी ठहर गरेर पुस २६ गते सजाय सुनाएको थियो ।