मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगामा डोजर प्रयोग सुरुः त्रिपाल च्यातेर चर्चा, भत्काउनुपर्ने भत्काउला त ?

वाणगंगामा डोजर प्रयोग सुरुः त्रिपाल च्यातेर चर्चा, भत्काउनुपर्ने भत्काउला त ?

अपि टाइम्स

कपिलवस्तु । नगरपालिका मातहतका सडकपेटी र छेउछाउका ठाउँहरुमा अवैध रुपमा संचालनमा आएका ब्यापार, ब्यवसाय र अवैध संरचना हटाउन बाणगंगाले डोजर प्रयोग गर्न थालेको छ ।

रेडियो, पत्रपत्रिका र बिभिन्न संचारमाध्यममा सुचना प्रसारण गरेपछि पनि नगरपालिकाको सुचना अवज्ञा भएपछि डोजर प्रयोग गर्न थालिएको नगरपालिकाले जनाएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघसंग मिलेर नगरपालिकाले डोजर प्रयोग थालेको हो ।
बाणगंगाको डोजर प्रयोगसंगै आलोचना र प्रसंसा दुवै सुरु भएको छ । हार्दिक मनले डोजर प्रयोग सुरु भएको हो भने यसलाई सकारात्मक रुपमा लिनुपर्ने कतिपय बताउँछन् भने कतिपयले नगरले बालेनको सिको गरेर चर्चा कमाउन अभियान सुरु गरेको भनेर आचोचना गर्न थालेका छन् ।

उद्धेश्य राम्रो भए पनि बुधबारको डोजर दृश्यले बढीे आलोचना खेपेको छ । बुधबार वडा नम्बर २ वैरियामा नगरपालका र उद्योग बाणिज्य संघको टोली डोजरसंगै पुग्यो । सडकछेउमा एकजना ब्यापारीले त्रिपाल टाँगेर खरभुजा बेचिरहेका थिए । साना काठको सहयोग लिएर छहारीको लागि बनाइएको त्रिमालमाथि टोलीले डोजर प्रयोग गर्यो । त्रिपाल च्यातचुत पारेर डोजर आफ्नो गन्तव्यमा हिँड्यो । यस्तै अर्को स्थानमा एकजना ब्यक्तिले टायर चाङ पारेर राखेका थिए । त्यसमाथि पनि डोजर चल्यो ।डोजर चलेका यिनै दृशयले अलिकति आचोचना भएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले यो अभियानको रुपमा सुरु भएको बताए । सडक विभागले पनि सडकछेउछाउमा सडक अवरोध गरेर बसेका सबै संरचना तथा ब्यवसाय हटाउन पत्राचार गरेको, आफूहरुको पनि अभियान रहेकाले सबै अवैध संरचना हटाउने उनले बताए ।

बुधबारबाट अभियान सुरु भएको र यसले ब्यापकता पाउने उनले बताए । नगरपालिकाले पनि यस विषयमा कडा ढंगबाट काम गर्ने बताएको छ । डोजर प्रयोगमा नगरप्रमुख चक्रअर्याल, राजश्व फाँटका कर्मचारी डोजरसंगै थिए । अभियानमा बाणिज्य संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, उपाध्यक्ष, महासचिव लगायतको सहभागिता थियो ।

नगरको डोजरले त्रिपाल भत्काएपछि यो चर्चाको लागि भएको हो कि भन्दै आलोचना पनि भएको छ । भत्काउन, तोडफोड गर्न नसकिने ठाउँमा डोजर प्रयोग जायज भए पनि त्रिपालमाथि डोजर प्रयोग गरेको दृश्य अस्वभाविक देखिएको भन्दै सामाजिक संजालमा प्रतिक्रिया आएका छन् ।

त्रिपालमाथि डोजर प्रयोग गर्ने तर पावर र पहुँचवालामाथि केहि नगर्ने हो भने अभियान सफल नहुने सरोकारवाला बताउँछन् । यदि त्यस्तो भएमा केवल त्यो चर्चामा सिमित हुने बताइन्छ ।
यदि सडकछेछाउ मिचेर कसैले अवैध संरचना बनाएको छ या ब्यापार ब्यवसाय गरेको छ भने यो त्यो नभनेर सबै हटाउनुपर्ने सरोकारवालाको भनाई छ ।

सार्वजनिक जग्गा र सडक मिचेर घरजग्गा बनाइएका, सडक अवरोध गरिएका संरचना नगरमा छ्यापछ्याप्ति देख्न सकिन्छ । बाणिज्य संघका उपाध्यक्ष नारायण पौडेलले सडक ओगटेर ब्यापार गरेका सबै संरचनामा डोजर चल्ने बताए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष उमानाथ पौडेलले नगरपालिकामा पसल, ब्यवसाय दर्ता नगर्ने, राज्यलाई कर नतिर्ने, कर तिरेका ब्यापारीहरुलाई समस्यामा पार्ने गरी सडक छेउछाउमा ब्यापार ब्यवसाय गर्नेको बिगबिगी बढेकाले त्यसलाई निर्मुल पार्न डोजर प्रयोग गरिएको बताए । यसमा बाणिज्य संघको सहयोगभी भूमिका रहे पनि नगरपालिकाले कडाई गर्नु पर्ने उनी बताउँछन् ।

नगरले सधैँ भन्ने मात्र तर केहि नगर्ने भएको हुँदा अहिलेको कामलाई सकारात्मक रुपमा लिन उनको आग्रह छ । नगरको सडक सौन्दर्य बिग्रने गरी सडकमिचिमिचि ब्यापार ब्यवसाय गर्ने सबैलाई हटाउनु पर्ने पौडेलको भनाई छ ।