मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानका राष्ट्रपति र विदेशमन्त्री हेलिकप्टर दुर्घटनामा, अवस्था अज्ञात

इरानका राष्ट्रपति र विदेशमन्त्री हेलिकप्टर दुर्घटनामा, अवस्था अज्ञात

अपि टाइम्स

तस्बिरः सिएनएन
एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रायसी तथा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर आइतबार दिउँसो दुर्घटनामा परेको छ।

इरानी सञ्चारमाध्यम आइआरएनएमा उल्लेख भएअनुसार राष्ट्रपति इब्राहिम र विदेशमन्त्री होसेन अमिर सवार हेलिकप्टरको ुहार्ड ल्यान्डिङु भएको हो।

पाँच घन्टापछि पनि हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लागेको छैन। घटनाको विवरण अहिलेसम्म अज्ञात छ। तर प्रारम्भिक रिपोर्टअनुसार सो हेलिकप्टर हुस्सु लागेका कारण दुर्घटना भएको देखिएको छ।

बीस वटा उद्धार टोली र ड्रोनहरूको माध्यमबाट राष्ट्रपति सवार हेलिकप्टर खोजी भइरहेको छ। तर हेलिकप्टर अवतरण भएको भनिएको क्षेत्रमा हुस्सुका कारण खोजी प्रयास जटिल भइरहेको बताइएको छ।

ीबहmष् दबलप
आइआरएनएका अनुसार राष्ट्रपतिको सवारीमा तीन हेलिकप्टर संलग्न थिए। यीमध्ये दुई वटाले सुरक्षित अवतरण गरेका छन्।