मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यानचेस्टर सिटीले उचाल्यो प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले उचाल्यो प्रिमियर लिगको उपाधि

अपि टाइम्स

तस्बिरः एजेन्सी
इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१ ले हराएर सिटीले लगातार चौथो पटक उपाधि जितेको हो । आर्सनललाई २ अङ्कले पछि पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको यो इतिहासमा पहिलो पटक हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले खेलको दोस्रो मिनेट मै गोल गरेका थिए । यस्तै उनले खेलको १८ मिनेटमा अर्को गोल थपे । खेलको ५९ औं मिनेटमा रोड्रिले गोल गरे । वेस्ट ह्यामका लागि भने मोहम्मद कुडुसले खेलको ४२ औं मिनेटमा गोल गरेपछि अर्को गोल हुन सकेन ।

गएरातिको अर्को खेलमा आर्सनलले एभर्टनलाई २–१ ले हराएको थियो । तर उपाधिका लागि पर्याप्त भएन । म्यान्चेस्टर सिटीले ३८ खेलमा २८ जित, ७ बराबरी र ३ हारसहित ९१ अङ्क बटुल्यो । आर्सनलले भने ३८ खेलमा २८ जित, ५ बराबरी र ५ हार सहित ८९ अङ्कमा दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो ।

यसैगरी गएरातिको अरु खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई २–० ले हरायो । लिभरपुलले उल्भ्सलाई पनि २–० ले हरायो । तेस्रो स्थानको लिभरपुलको ३८ खेलमा ८२ अङ्क रहेको छ । यस्तै चेल्सीले बर्नमाउथलाई २–१ ले हराएको थियो भने टोटनहमसंग सेफिल्ड युनाईटेड ३–० ले पराजित भएको थियो ।

गएराति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई ५–० ले हराएको थियो । न्यु क्यासलले ब्रेन्टफोर्डलाई ४–२ गोल अन्तरले हरायो । यसैगरि फुलह्यामसँग लुटन टाउन ४–२ ले पराजित भयो । नटिङगम फरेस्टले बर्नलीलाई २–१ ले हरायो ।