मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविको सम्बोधनपछि विवाद झन् बढ्दै, समिति गठन अनिश्चित

रविको सम्बोधनपछि विवाद झन् बढ्दै, समिति गठन अनिश्चित

अपि टाइम्स

काठमाण्डौ । सत्तापक्ष र प्रतिपक्ष दलहरुका आआफ्नै अडानका कारण सहकारीको बचत अपचलन प्रकरणमा गठन हुने भनिएको संसदीय छानबिन समिति अनिश्चित भएको छ । समितिको क्षेत्राधिकारबारे दलहरुबीच विवाद कायमै छ । समितिको क्षेत्राधिकारमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र तीन वटा सहकारीको नाम राख्ने या नराख्नेबारे सहमति हुन सकेको छैन ।

कांग्रेसले गृहमन्त्री लामिछाने सहकारीको बचत अपचलनमा संलग्न भएकोले उहाँ र बचत अपचलन गर्ने निजी कम्पनीमाथि समेत छानबिन हुने गरी क्षेत्राधिकार तोकिनुपर्ने अडान राखेको छ । तर छानबिनअघि नै दोषी करार हुने गरी व्यक्ति र कम्पनीको नाम राख्न नहुने सत्तारूढ दलहरुको अडान छ ।

अस्ति शनिवार सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी कांग्रेसबीच सहकारीको बचत अपचलनको छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । समितिको क्षेत्राधिकार टुंग्याउने जिम्मा कार्यदललाई दिइएको छ । कार्यदलमा हिजो दिनभर छलफल भए पनि सहमति जुट्न नसकेको हो ।

हिजो संसदमा उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको सम्बोधन र लगत्तै कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलनमार्फत दिएको जवाफपछि दलहरुबीचको विवाद झन् बढेको छ ।