मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गगनको पक्ष लिई झाँक्रीको दिइन् गृहमन्त्री लामिछानेलाई यस्तो चेतावनी

गगनको पक्ष लिई झाँक्रीको दिइन् गृहमन्त्री लामिछानेलाई यस्तो चेतावनी

अपि टाइम्स

काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि गृहमन्त्री रवि लामिछानेले लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएकी छन् ।

सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत झाँक्रीले गगन थापा पछिल्लो आन्दोलनको नेता र युवाहरूको राजनीतिक आइकन रहेकोले आरोपको प्रमाणको भार स्वयम् आरोप लगाउनेले पूरा गर्नुपर्ने कुराको हेक्का राख्न चेतावनीसमेत दिएकी छन् ।
गगन थापा यो आन्दोलनको नेता हो । युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो । गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयम् आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस्ु, झाँक्रीले लेखेकी छन् ।

रामकुमारी र गगन विद्यार्थी राजनीतिबाट उदाएका समकालीन नेता हुन् । उनीहरूले २०६२र०६३को जनआन्दोलनमा विद्यार्थीहरूको अगुवाइ गरेका थिए । उनीहरू देशमा गणतन्त्र चाहिने भन्दै नारा लगाउने सुरुवाती नेता मध्येमा पर्छन् ।

आइतबार संसद बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले थापालाई विदेशीहरूको एजेन्ट भनेका थिए ।