मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आर्थिक सहयोग प्रदान

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आर्थिक सहयोग प्रदान

अपि टाइम्स

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिले एक कार्यक्रमका बीच नन्दिनी गौशाला बुटवल शिवनगरमा गौग्रास चोकर, नुन, पीठो एवं रु ५१०००÷– आर्थिक सहयोग प्रदान गरेको छ ।
सोमबार विहान गौशालामै सम्पन्न कार्यक्रममा विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिका सम्पूर्ण पदाधिकारी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष राजाराम पोख्रेल, न्यू होराइजन बोर्डिङ स्कूलका व्यवस्थापक लोकनाथ उपाध्याय, दीप बोर्डिङ् स्कूलका प्रधानाध्यापक टिकाराम न्यौपाने, लगायत करीब १०० जनाको उपस्थिती रहेको थियो ।


ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिका सदस्यहरु एवं अन्य व्यक्तिहरुबाट स्वतन्त्र रुपमा गौशालाका लागि छुट्टाएको सेवादान आफैले सञ्चालन गरेको गौशालालाई प्रदान गर्न आएको देख्दा आफु निकै खुसि भएको कुरा बुटवल उपमहानगरपालिकका मेयर एवं कार्यक्रमका प्रमुख अतिथि खेलराज पाण्डेले व्यक्त गरेका थिए । साथै गौशालालाई आगामी दिनमा अझै राम्रो बनाउने र धार्मिक पर्यटनको प्रवर्धन गर्ने कुरामा पनि जोड दिएका थिए ।


विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिका सभापति ज्यो.जनार्दन न्यापानेले आगामी दिनमा गौशालामा राख्ने भनिएको १००८ शालिकाराम शीला आफ्नो संस्थाले व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । कार्यक्रममा बोल्दै वैदिक धर्म परिषद्का पुरुषोत्तम पाण्डे, वयोवृद्ध ज्यो. थानेश्वर देवकोटा, नेपाल ज्योतिष परिषद्का केन्द्रिय सदस्य सुन्दर भण्डारी लगायतले गौशालाको दिगो व्यवस्थापन गरी धार्मिक पर्यटनलाई टेवा पुर्याउने कुरामा जोड दिनुभएको थियो


कार्यक्रमा बुटवल नगरपालिकाका मेयर खेलराज पाण्डेको प्रमुख आतिथ्यता, लोकनाथ उपाध्याय, पुरुषोत्तम पाण्डे, सुुन्दर भण्डारी को विशिष्ट आतिथ्यता, कुरेश पाण्डेको स्वागत मन्तव्य एवं कार्यक्रमको सञ्चालन विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका महासचिव आचार्य कमल पौडेलले गर्नुभएको थियो ।