मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइपिएलः क्वालिफायर–१ मा आज कोलकाता र हैदरावाद भीँड्दै, कसको जित ?

आइपिएलः क्वालिफायर–१ मा आज कोलकाता र हैदरावाद भीँड्दै, कसको जित ?

अपि टाइम्स

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पहिलो क्वालिफायर खेल हुँदै छ । जसमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरहैदराबाद भीँड्दै छन् । इतिहासमा पहिलो पटक तालिकाको शीर्ष स्थानमा उक्लिएर लिग टुंगाएको कोलकाता उत्साहित छ, किनकि क्वालिफायरमा कोलकाताले अहिलेसम्म हारेको छैन ।
कोलकाता दुई पटकको च्याम्पियन टोली पनि हो । यता हैदराबाद अन्तिम अवस्थामा शीर्ष दुई टोलीको दोश्रो स्थानमा पुग्न सफल भयो । यसपटकको सबैभन्दा खतरनाक टोलीको रुपमा हैदराबाद देखिन्छ । ओपनर ब्याट्समेन डेभिड हेड र अभिशेष शर्माले विष्फोटक ब्याटिङ गरिरहेका छन् । त्यसैले अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

कोलकाता अहिलेसम्म १३ पटक आईपीएलको प्लेअफमा पुगेको छ। ८ पटक जितेको टोलीले ५ खेलमा हार बेहोरेको छ। तर, क्वालिफायर–१ मा कोलकाताले कहिल्यै हार बेहोर्न परेको छैन।

लिग चरणमा अंक तालिकाको शीर्ष दुईमा रहेको कारण फाइनल पुग्न हैदरावाद र कोलकाताले दुई मौका पाउनेछन्। कोलकाता र हैदरावादबीचको क्वालिफायर–१ को विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीचको एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। बेंग्लोर र राजस्थानबीचको खेलमा हार्ने टोलीको यात्रा समाप्त हुनेछ।

आईपीएलको प्लेअफ
कोलकाताले सन् २०२१ मा प्रतिकूल परिस्थितिलाई पार गर्दै फाइनलमा स्थान बनाएको थियो। तर, उपाधि भिडन्तमा चेन्नई सुपर किंग्ससँग कोलकाता २७ रनले पराजित भएको थियो।

टोलीले क्वालिफायर–१ मा कुनै पनि खेल हारेको छैन। एलिमिनेटरमा दुई पटक र क्वालिफायर–२ मा दुई पटक हार बेहोरेको छ। अहिलेसम्म दुई पटक क्वालिफायर–१ खेलेको टोलीले दुवै पटक फाइनल पुगेर उपाधि जितेको छ।