मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी मन्त्री अधिकारीको सम्पति १५ लाख नगद, कति छ जग्गा र सुन ?

सहकारी मन्त्री अधिकारीको सम्पति १५ लाख नगद, कति छ जग्गा र सुन ?

अपि टाइम्स

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको आफ्नै नाममा अलिकति पनि जग्गा नरहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

मन्त्री अधिकारीले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई बुझाएको सम्पत्ति विवरणमा श्रीमती वसुन्धरा पौडेल अधिकारीको नाममा कपिलवस्तु वाणगंगामा ५ कट्ठा जमिन रहेको जनाएकामा श्रीमतीकै नाममा वुद्धभूमि ५ मा १ बिगाहा १५ कट्ठा जमिन रहेको उल्लेख गरेका छन् ।

यस्तै श्रीमतीकै नाममा काठमाडौँ कीर्तिपुरमा २०६।६६ वर्ग मिटर जग्गा रहेको समेत उनले उल्लेख गरेका छन् । भाइ नवराज अधिकारीको नाममा ९ कट्ठा जमिन पैतृक सम्पत्ति रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

चल सम्पत्तिको रूपमा १० तोला सुन रहेको उल्लेख गरेका मन्त्री अधिकारीले स्वआर्जनले जोडेको उल्लेख गरेका छन् । यस्तै, आफ्नो र श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको खातामा १५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् ।

यस्तै मन्त्री अधिकारीले छोरा मनोज अधिकारीका नाममा भिजन इनर्जी ९सङ्खुवासभा० को १५ लाख रुपैयाँ बराबरको १५ हजार कित्ता सेयर समेत रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।