मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनिश्चित भयो सन्दीपको विश्वकप, अन्तिम समयमा अमेरिकाले दिएन भिसा

अनिश्चित भयो सन्दीपको विश्वकप, अन्तिम समयमा अमेरिकाले दिएन भिसा

अपि टाइम्स

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको छ। आइसिसी टी(२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपले आफूलाई भिसा नदिएको उल्लेख गरेका छन्।

यसअघि उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै बुधबार सफाइ दिएको थियो।

त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो। आइसिसीको सहमतिसँगै सन्दीप अमेरिका जान लागेका थिए।

हाल नेपाली टोली विश्वकपको तयारीका अमेरिकामा छ। नेपालले अमेरिका र क्यानडासँग डालासमा दुई वार्मअप खेल खेल्नपछि विश्वकपको औपचारिक खेल खेल्नेछ।

टी(२० विश्वकप २०२४ मा नेपाल समूह डीमा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी(२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।

विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५५ टिमको ४ समूहमा विभाजन गरिएको हो। चार समूहका शीर्ष २(२ टोली गरी कुल ८ टोली सुपर ८ मा पुग्नेछन्। सुपर ८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर(२ को दुई समूहका शीर्ष २(२ टोली सेमिफाइनलमा पुग्नेछन्।