मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिवराजमा पर्ने भाइरल डाँडालाई शिवको आकृतिमा ढाल्दै मेयर थापा

शिवराजमा पर्ने भाइरल डाँडालाई शिवको आकृतिमा ढाल्दै मेयर थापा

अपि टाइम्स

कपिलवस्तु । शिवराज नगरपालिकाको पश्चिम जंगलमा पर्ने एउटा डाँडामा शिवको आकृति बन्ने भएको छ । नगरपालिकाको वडा नम्बर १ मा चन्द्रौटाबाट दाङतर्फ जाने क्रममा महेन्द्र राजमार्गसंग जोडिएको एउटा डाँडो छ । उक्त डाँडो वरिपरिको क्षेत्र शिवगढीको नाममा चर्चित छ ।

उक्त डाँडोनजिक पर्दा जो कोहि पनि रोकिएर फोटो तथा भिडिओ खिचाउने गर्दछन् । आन्तरिक र बाह्य पर्यटकको रोजाईमा पर्ने भएकाले त्यसलाई पर्यटकीय रुपमा नै अघि बढाउनेगरी नगरपालिकाले भगवान शिवको ठुलो आकृति बनाउने तयारी गरेको नगरप्रमुख अजय थापाले बताएका छन् । धार्मिक पर्यटन बढाउन आफूहरु यो योजनामा लागेको उनले बताए । डाँडाको भित्तामा शिवको आकृति देख्न पाइने थापाले बताए ।

फेसबुकमार्फत् पनि उनले यो कुराको पनि जानकारी गराएका छन् । विहिबार साँझ एक सन्देश लेख्दै मेयर थापाले लेखेका छन्
‘शिवराज नगरपालिकाको धार्मिक पर्यटकिय स्थल शिवगढी मंन्दिर र हाम्रो गौरव शिवगढि किल्ला प्रवेश गर्ने महेन्द्र राजमार्ग सड्क खण्ड शिनपा१ भाइरल डाँडालाई भगवान शिवको आकृती र सुन्दरता दिने कार्य निर्माणाधीन अवस्थामा।’

शिवको आकृति बनेको खण्डमा अझै पर्यटनलाई टेवा पुग्ने उनको भनाई छ । पेन्टिङमार्फत् शिवको आकृति बनिरहेको छ । उनका अनुसार अब चाँडै नै आकृति दिने काम सकिने छ ।