मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेष्ठ १५ गते मधुसुदनको ‘मायाको आयतन’ नाप्ने साइत

जेष्ठ १५ गते मधुसुदनको ‘मायाको आयतन’ नाप्ने साइत

अपि टाइम्स

काठमाडौँ । नेपाली साहित्य जगतमा युवा श्रष्टाहरुको जन्म हुने क्रम जारी छ । आजभोलि साहित्य अध्ययनमा लागेका युवाहरुले लेखनलाई पनि उत्तिकै प्राथमिकता दिन थालेका छन् ।

यसैबीच लामो समयदेखि कविता र मुक्तक विधामा कलम चलाएका युवा कवि मधुसुदन घिमिरे पनि आफ्नो पहिलो कवितासंग्रह प्रकाशनको सम्मुखमा छन् ।

काठमाडौँको बुढानीलकण्ठमा स्थायी बसोबास गरिरहेका मधुसुदन घिमिरेले जेष्ठ १५ गते सबा १२ बजे ‘मायाको आयतन’ नामक पुस्तकको विमोचन गर्न लागेका हुन् ।

नेपाल पर्यटन बोर्डको हलमा पूर्वप्रधानमन्त्री, अहिलेका चर्चित श्रष्टा र साहितयकारको साथमा विमोचन कार्यक्रम हुने बताइएको छ ।

भर्खर स्नातक तहको अध्ययन सकेका घिमिरेले सानाठुला १२५ थान कविता समेटेटेर कविता संग्रह तयार पारेका छन् । उक्त संग्रह प्रकाशनमा साहित्यपोस्टले सहयोग गरेको छ ।

आफ्ना कवितामा जीवन र जगतका प्रेमिल अनुभुतिहरुको गहिराई भेट्न सकिने कवि घिमिरे बताउँछन् । कवि घिमिरेका अनुसार समाजिक समस्या, देश तथा युवाहरुको वर्तमान अवस्थालाई पनि कविताहरुमा समेट्न खोजिएको छ । कवि घिमिरे लामोसमय संचार क्षेत्रमा आवद्ध रहे भने ७५ सालपछि निरन्तर लेखनमा पनि सक्रिय रहे ।

त्यसपछिका अनुभुतिका संगालो मायाको आयतन रहेको उनी बताउँछन् ।

कविता सङ्ग्रहमा कविताहरूसँगै चित्रहरूको पनि मिलित रुप भेट्न सकिन्छ ।