मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा जारी कृषि मेलाको आज अन्तिम दिन, कृषकको लागि मेला उपयोगी

बाणगंगामा जारी कृषि मेलाको आज अन्तिम दिन, कृषकको लागि मेला उपयोगी

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । बाणगंगा नगरपालिकामा जारी ३ दिने कृषि मेला आज सकिँदै छ । नेपाल विउ तथा मल परियोजना (सिमिट) को आयोजनामा बुद्ध रंगशालामा बुधबारबाट सुरु भएको मेला आज सकिन लागको हो । मेलाको दोश्रोदिनसम्म धेरै कृषकको भीँड लागेको आयोजक सिमिटका बजार ब्यवस्थापक डाक्टर नारायण प्रसाद खनालले बताएका छन् ।

उनका अनुसार मेलामा कृषि अत्याधुनिक प्रविधि, निशुल्क कृषि परामर्श, निशुल्क माटोको परीक्षण, बिभिन्न जातजातिका विरुवाहरुको प्रदर्शनी र धानका उन्नत जातहरुको बारेमा जानकारी दिने काम भइरहेको छ ।

मेलामा रहेका कृषिसम्वद्ध बिभिन्न ४४ स्टलमा घुमेर कृषकले लाभ लिइरहका उनले बताए । धानको सिजन भएकाले उन्नत जातका बिउविजनबारे बुझ्ने र बिउ किन्नेको भीँड रहेको सिमिटका बसन्त पराजुलीले बताए । आज उत्कृष्ट स्टल, सहयोगदाता सबैलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको पराजुलीले बताए । मेलामा बाणगंगासंगै कपिलवस्तु र छिमेकी जिल्लाबाट पनि किसान आएर बुझ्ने गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघको कृषि उद्यम केन्द्र, बाणगंगा नगरपालिकाको सहकार्य र अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोगमा मेला भएको हो । सिमिटले गत बर्ष पनि मेला राखेको थियो ।