मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी वकिलमा बालकृष्ण खाणको बयान सुरू

सरकारी वकिलमा बालकृष्ण खाणको बयान सुरू

अपि टाइम्स

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको सोमबारदेखि बयान सुरू भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बालकृष्णलाई बयानका लागि बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुर्‍याइसकेको छ।

अहिले सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ।

यसअघि प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र बालकृष्ण गृहमन्त्री हुँदाकै गृहसचिव टेकनारायण पाण्डेको पनि बयान आइतबार सकिएको छ।

यसअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ। अब बालकृष्णको बयान सुरु भएको हो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणको बयानअघि आइतबार जिल्ला अदालत काठमाडौंले थप चार दिन समय प्रहरीलाई दिएको छ।

यही प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी पनि आइतबार साँझ पक्राउ परिसकेका छन्। यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ।