मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठगेर खानेहरूका कारण ठूला सहकारी संकटग्रस्त बन्न पुगेः ओली

ठगेर खानेहरूका कारण ठूला सहकारी संकटग्रस्त बन्न पुगेः ओली

अपि टाइम्स

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठगेर खानेहरू प्रवेश गरेकाले ठूला सहकारी संकटग्रस्त बन्न पुगेको बताएका छन्।

काठमाडौंको प्रज्ञा भवनमा पार्टीको महिला भेलालाई सम्बोधन गर्दै उनले ठगहरू प्रवेश गरेकाले ठूला सहकारी बदनाम बन्न पुगेको बताए।

‘केही गैरसहकारी, सहकारी होइन बाहिरका गैर सहकारीवालाहरू, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू सहकारीमा प्रवेश गरेको हुनाले केही, ठूला सहकारी बदनाम भएका छन्। ती समस्याग्रस्त भएका छन्, ती संकटग्रस्त भएका छन्,’ उनले भने।

उनले साँच्चैका सहकारीहरू संकटग्रस्त नहुने बताए। ‘त्यसका आफ्ना नियम छन्। नियम अन्तर्गत बसेर, नियमको पालना गरेर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने।

सहकारी अपचलनबारे छानबिन गर्न संसदीय समिति बनेको छ। संसदीय समितिले २९ वटा सहकारीहरूको रकम अपचलन, हिनामिना, दुरूपयोगको अवस्था हेरेर तीन महिनाभित्र प्रतिवेदन बुझाउने छ।

एमाले सांसद सूर्य थापाको नेतृत्वमा उक्त समिति बनेको छ। समितिमा नेपाली कांग्रेसका सांसद बद्रि पाण्डे, ईश्वरदेवी न्यौपाने, माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल ९राजन०, एमाले सांसद सरिता भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधान सदस्य छन्।