मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेसबुक लाइभमार्फत् साहित्यकार उषाको ‘बेग्लै म’ सार्वजनिक

फेसबुक लाइभमार्फत् साहित्यकार उषाको ‘बेग्लै म’ सार्वजनिक

अपि टाइम्स

काठमाडौं । साहित्यकार उषा शेरचनको कथासङ्ग्रह ‘बेग्लै म’ सार्वजनिक भएको छ । पहिलो कथासङ्ग्रह ‘तेस्रो रङ्ग’ सार्वजनिक भएको १० वर्ष पुगेकै दिन जेठ १४ गते साँझ शेरचनले फेसबुक लाइभमार्फत् दोश्रो कथासङ्ग्रह “बेग्लै म” को लोकार्पण गरेकी हुन् ।

शेरचनले साहित्यप्रेमि, शुभचिन्तक, साहित्यकार तथा साहित्य क्षेत्रका झण्डै तीनसय श्रष्टाहरुसँगको फेसबुक लाइभमा ‘बेग्लै म’ का बारेमा जानकारी दिँदै लोकापर्ण गरेकी हुन् ।

साहित्यका शेरचनले कथा संग्रहमा रहेका सबै कथा कोरोना महामारीमा लेखेको र २०३५ सालमा ‘मोदी’ बेनी पत्रिकामा छापिएको कथा ‘लोप’ लाई समेत दस्तावेजका रुपमा कथा संग्रहमा समावेश गरेको जानकारी दिइन् ।

लोकार्पणका क्रममा साहित्यकार शेरचनले समाजमा विद्यमान रहेका उठाउनै पर्ने मुद्दाहरुलाई उठाएर कथामा समेटिएको बताइन् । उनले कथा लेखनमा धेरै समय र धेरै अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले यो कथासंग्रह आफ्नो अन्तिम कथा संग्रह हुनसक्ने समेत बताइन् ।