मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेटमा असन्तुष्ट ओलीः भने अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको ?

बजेटमा असन्तुष्ट ओलीः भने अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको ?

अपि टाइम्स

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको टिप्पणी गरेका छन् ।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दलहरुबीच सल्लाह गरेर बजेट ल्याएको भए राम्रो हुने बताए ।

‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ’, उनले भने ।

ओलीले बजेटमा यो गम्भीर त्रुटि रहेको भन्दै यस विषयमा संसदमा खुलस्त छलफल गर्ने बताए । सांसदहरुले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनले बताए ।

‘हामी बजेटलाई समर्थन गर्छौं र पारित गर्छौं । यसको अर्थ बजेटमा रहेको कुनै पनि कमी औंल्याउनुहुँदैन भन्ने होइन’, उनले भने ‘‘यदि एउटालाई अनुकुल अर्कोलाई प्रतिकुल भयो भने त्यो कुरा भन्नुपर्छ ।’