मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्टाचारविरुद्ध एमालेले गर्यो प्रदर्शन

भ्रष्टाचारविरुद्ध एमालेले गर्यो प्रदर्शन

अपि टाइम्स

काठमाडौं । नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको भोलिपल्टै एमालेले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा एमाले नेताहरु महेश बस्नेत, ठाकुर गैरे, विशाल भट्टराई, सुजाता शाक्य, अनेरास्ववियु अध्यक्ष समिक बडाल लगायत सहभागी छन् ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई उम्काउने र कसैलाई फसाउने नियतका साथ नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाइएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसमा खबरदारी गर्न उनले युवाहरुलाई आह्वानसमेत गरेका थिए ।