मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेटमाथिको छलफल सुन्दासुन्दा वाक्क लागेर चित्रबहादुर केसी निदाएपछि

बजेटमाथिको छलफल सुन्दासुन्दा वाक्क लागेर चित्रबहादुर केसी निदाएपछि

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले प्रतिनिधि सभामा बजेटमाथिको छलफल वाक्क लागेको बताएका छन् ।

प्रतिनिधि सभामा सोमबार बजेटमाथि छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । प्रत्येक वर्ष संसदमा बजेट आउने, छलफल हुने तर प्रस्तुत बजेटमा कुनै परिवर्तन नहुने प्रवृति रहेको उल्लेख गर्दै उनले थपे, ‘यो छलफलको औचित्य त्यति लाग्न छोड्यो । म त आज यही छलफलमा कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन् । रमाइलो छैन संसद, दिक्क लाग्दो छ ।’

सरकारले समाजवादउन्मुख बजेट ल्याएको भनेको तर योजनाहरु पुँजीवाद उन्मुख रहेको बताए ।

गत वर्ष बजेटको सिलिङ नै घटाइएको जान्दा जान्दै आगामी आर्थिक वर्षका लागि कढाउनु आफैंमा नमिल्ने बताए ।