मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल पत्रकार महासंघ कपिलवस्तुको गेटमा भोटे ताल्चा, कसले किन लगायो ?

नेपाल पत्रकार महासंघ कपिलवस्तुको गेटमा भोटे ताल्चा, कसले किन लगायो ?

अपि टाइम्स

कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखामा पत्रकार सम्बद्ध ४ संगठनले तालाबन्दी गरेका छन् । नेपाल प्रेस युनियन कपिलवस्तु, प्रगतिशील पत्रकार संघ कपिलवस्तु, प्रेस मन्च नेपाल कपिलवस्तु, मधेशी पत्रकार समाज कपिलवस्तुले तालाबन्दी गरेका हुन ।

संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु खग प्रसाद चापागाई, मोहन बेल्वासे, तुलसीराम यादव, रमेश कुमार मिश्रद्वारा हस्ताक्षरित विज्ञप्तिमा सदस्यता शुद्धिकरणका आधारभूत मान्यता विपरित गरिने शुद्धिकरणभन्दा पूर्ववत सदस्यकै आधारमा अधिवेशनमा जानु उपयुक्त हुने भन्दै तालाबन्दी गरिएको बताएका छन् ।

चार संगठनका अध्यक्ष तथा प्रतिनिधिद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै पहिलोपटक शुद्धिकरण अभियान संचालन गर्नु स्वागतयोग्य कदम भएको र सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभामा हामी सबै संगठनले सदस्यता शुद्धिकरण अभियान चलाउन जोडदार माग गरेका थियौ । जस अनुसार हाल देशभरि नै सदस्यता शुद्धिकरण अभियान चलिरहेको छ ।

कपिलवस्तु जिल्लामा शुद्धिकरणका नाममा श्रमजिवी पत्रकार, क्रियाशील पत्रकार, मिसन पत्रकारिता र संस्था स्थापना मै योगदान पुयाएकाहरुलाई वेवास्ता गर्दै क्रियाशील श्रमजीवी पत्रकारको नाम छुटाउने, एकै प्रकृतिका व्यक्तिलाई दोहोरो मापदण्ड अनुसार सदस्यता सिफारिस गर्ने र छुटाउने तथा केन्द्रले विभिन्न समयमा जारी गरेका सदस्यता नामावली सूचीमा आफू अनुकूल सदस्य थप्ने कार्य गरेको देखिएकाले सो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।