चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । झट्ट हेर्दा सुन्दरीजस्तै लाग्ने । मानौँ कि उनी कुनै फिलिमकी हिरोइन् नै हुन् । तर उनको त्यो सुन्दरताभित्र कति कालो कुर्तुतको पोको लुकेको रहेछ भन्ने कुरा उनले काम गरेको संस्थाभित्रको आन्तरिक पक्षसम्म पुगेपछि उदाङ्गो हुन्छ । घर रुपन्देही, बर्ष २५ । २६ (कर्मचारीको भनाई ) । पेशाले सहकारीकी ब्यवस्थापक अथवा शाखा प्रमुख । हाल फरार । हेर्दा मोटी र खाइलाग्दी देखिने भावना लिगलले कतिसम्म इलिगल धन्दा गर्ने रहेछिन् भन्ने कुराको पोल उनैले खटाएका कर्मचारीले खुलाएका छन् । उनैको कारण एउटा रेपुटेड सहकारीको शाखा टाँट पल्टन लागेको छ भने उनले जागिर दिएर काम गर्ने कर्मचारी अहिले यता न उताको स्थितिमा रहेका छन् । बचतकर्ता, सहकारीका अध्यक्ष र कर्मचारीले उनलाई माग गर्दा फेला पार्न सकिएको छैन ।
केहि दिनअघि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ सिद्धिपुरमा शाखा खोली कारोबार संचालन गरिरहेको मञ्जुश्री वहुउद्धेश्यी सहकारीलाई बचतकर्ताले घेराउ गरे । दुख्ख गरेर जम्मा गरेको बचत रकम हिनामिना गरेको सुइँको पाएपछि स्थानीय बचतकर्ताले सहकारी घेराउ गरेका थिए भने त्यसका अध्यक्षलाई प्रहरीले समातेर लगेको थियो । पछि बचतकर्तासंग बिभिन्न बुँदामा सहमति गरेर अध्यक्षलाई छाडेपछि अहिले अवस्था सामान्यजस्तो बनेको छ । सहकारी संचालनको लागि प्रमुखको जिम्मा पाएकी उनै भावना लिगल सहकारीमा छैनन् । सहकारीको सटर बन्द छ । ३ । ४ जना कर्मचारी आएर दिनभर डरैडरमा कुरेर बस्ने गरेका छन् । बचत हुन छोडेको छ । दिनदिनै बचतकर्ता आउँदै ती २० । २१ बर्षका भर्खरका किशोर किशोरी कर्मचारीमाथि हप्कीदप्की गर्ने गरेका छन् । बचत कर्ताको दिनदिनै कर्मचारीमाथि प्रश्न हुन्छ खोई भावना ?तर भावना नभएपछि सारा टर्चर तिनै कर्मचारीले खेप्नु परेको छ । आजै तिनै भावा लिगलको इलिगल हर्कतका बारेमा फलोअप समाचार प्रकाशन गर्दै छौँ ।
के भएको थियो ?
केहि समयअघिसम्म मञ्जुश्री सहकारी राम्रै सहकारीको दर्जामा पर्ने गर्दथ्यो । तर बुटवलमा सहकारीलाई बचतकर्ताले घेराउ गरेपछि त्यसको असर उसका बिभिन्न शाखामा पनि परेको छ । त्यसैअन्तर्गतको शाखा हो बाणगंगाको सिद्धिपुर शाखा ।
बाणगंगाको शाखा अरु कुनै कारणले डुवेको होइन एक जना ब्यवस्थापक खराब पर्दा डुब्न पुगेको हो । अर्थात् सहकारी डुब्ने प्रमुख कारणमा तिनै सुन्दरीजस्तो देखिने भावना लिगल रहेको खुल्न आएको छ ।
विहिबार समाचार फलोअपको लागि अपिटाइम्स मञ्जुश्रीको कार्यालयमा पुगेको थियो । त्यहाँ मात्र चार जना कर्मचारी थिए । कार्यालयका कोठाहरु अलपत्र थिए । कागजपत्रको हालत बेहाल छ । चारैतिर अस्तब्यस्त छ । त्यहाँ बस्ने कर्मचारी पीडाबोध गरेर जर्वजस्ती बसिरहेका थिए । तिनै कर्मचारीहरुसंग सहकारीको अवस्थाबारे बुझ्दा फरार शाखा प्रमुख लिगलबाटै ठुलो बदमासी र कर्तुत भएको खुलेको हो । भावनाले यतिसम्म हर्कत गरेको पाइयो कि उनले बचत कर्ताले जम्मा गरेर ल्याएको पैसा पनि साँझ स्कुटीको डिक्कीमा हालेर आफूले जम्मा गरेकी छन् भने रातदिन बचत जम्मा गर्ने कर्मचारीमाथि पनि टर्चर र बेलाबेलामा निर्घात कुटपिट हुने गरेको थियो । अति भएपछि अहिले कर्मचारीले त्यो सबै बदमासीको पोल खोलेका हुन् ।
पीडामा कर्मचारी
बाणगंगा ११ ओदारीकी रिता चौधरीले त्यहाँ काम गरेको २ बर्ष भयो । सहकारीको यस्तो हालत होला नेर उनले कहिल्यै कल्पना गरेकी थिइनन् । त्यहि विशवासमा परेर उनले दुख गरेर परिवारका बुबाआमाले जम्मा गरेको पैसा पनि बैङ्कमा नराखेर उनले त्यही सहकारीमा जम्मा गरेी छन् । उनको अहिलेसम्म डेढ लाख जम्मा भएको छ । उनले काम गरेको तलव पनि नपाएको ३ महिना पुगेको छ, रिताले अपिटाइम्ससंग भनिन् ‘यो सहकारी छोडेर जाऔँ डेल लाख बचत छ, तिन महिनाको तलब लिन बाकी छ । बसिरहूँ तलब पाइन्न । शाखा प्रमुख भावना भागेर कहाँ छिन् थाहा छैन । आज त्यहि भावनाको कारण सहकारी डुबेको छ । भावनाकै कारण सारा कुरा बिग्रेको छ । बजार गएर घामपानीमा पसिना बगाएर जम्मा गरेको पैसा आउँछ आउँदैन थाहा छैन ।
रिता चौधरीले तुरुन्त भावनालाई समातेर ल्याउन पनि आग्रह गरेकी छन् । उनले थपिन् ‘बचतकर्ता आएर पैसा फिर्ता चाहियो भन्नुहुन्छ । घरबार बेचेर भए पनि हाम्रो बचत फिर्ता चाहियो हामी अरु जान्दैनौँ भन्नुहुन्छ, हामीले अब के गर्ने ?’
भावनाबाटै कर्मचारीमाथि कुटपिट र टर्चर
यस्तै बाणगंगा ८ ढोँडेकोलकी राधिका घिमिरेमा पनि उस्तै तनाव छ । उनी पनि दिनदिनै सहकारीमा आउँछिन् । ढुकेर जान्छिन् । उनले जागिर खाएको २ महिना भएको छ तर उनले पनि स्यालरी पाएकी छैनन् । सहकारीमा काम गर्दा निकै दुख रहेको उनले सुनाईन् । ‘८ हजार दिन्छु भनेर जागिरमा लागेँ । यो चर्को घाममा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म फिल्डमा हिँड्यौँ । घर पुग्दा राति ९ पनि बज्ने गर्दछ । यसरी दुख गर्दा तलब भने पाइदैन, घिमिरे थप्छिन् ‘हामीले जम्मा गरेर ल्याएको पैसा त्यो भावनाले साँझ स्कुटीको डिक्कीमा हालेर जान्थिन् । यहाँ रेकर्ड राख्ने यताउति केहि हुँदैनथ्यो । आज सहकारीको यो हालत भएको उनैको कारण हो । प्रमुखजस्तो पदमा रहेकी भावनाले कर्मचारीमाथि तथानाम गाली गर्ने, कुटपिट गर्ने गर्ने गर्थिन् ।’ उनको बोली बचन र ब्यावहारले सबै कर्मचारी रुष्ट छन् ।’
वडा नम्बर ८ चप्परगाउँकी सन्ध्या खत्रीमाथि त भावनाले कुटपिट नै गरेको खुलेको छ । सहकारीमा डेढ बर्ष काम गरेकी उनले पनि विगत ४ महिनादेखि स्यालरी पाएकी छैनन् । अलिकति घरेको बचत रकम पनि खत्रीले सहकारीमा जम्मा गरेकी छन् ।
खत्रीले प्रमुखबाट पटकपटक कुटपिटको सिकार भएको बताइन् । सामान्य परिवारबाट जागिर खान आएकी उनले पिटाई खाएको अझै परिवारलाई ज्ञात छैन । उनले भावनाले दिएका सबै पीडा सहेर बसेकी छन् । खत्रीले आफ्नो एउटा हात देखाउँदै भनिन् ‘यहाँ नील डाम हुने गरी नै पिटाई खाएकी हुँ । धेरैपटक पिटाई खानु परेको थियो । मेरो भाग्य पनि कस्तो जागिर खान जाँदा पिटाई खाइयो ।’
उनले भावनामा कुनै दयामायाको भाव नरहेको पनि सुनाईन् । उनले थपिन् ‘दिनभर असिना पसिना भएर बचत जम्मा गरी ल्याउँछौँ, घर जानेबेला तथानाम गाली खानुपर्ने, पिटाई खानुपर्ने, काम गरेको पैसा नपाइने, यता बचतकर्ताबाट धम्की खानुपर्ने, हाम्रो पीडा कसले सुनिदिन्छ । जागिर छोडौँ बचत र स्यालरी लिन बाँकी छ, नछोडौँ आधा घण्टा लगाएर साइकल चलाएर आउनुपर्छ । बचत जम्मा हुन छाड्यो । बचतकर्ताको धम्की र गाली खाइरहनू परेको छ । अब मिडियाबाट न्याय पाउने आशामा हामीहरु बसेका छौँ ।’
कर्मचारीका अनुसार सर्वसाधारणको ५० लाखसम्म बचत सहकारीमा छ । बचतकर्ताले पनि सहकारी बदनाम हुनु र बन्द हुने स्थितिमा जानुको पछाडी शाखा प्रमुख भण्डारीकै प्रमुख भूमिका रहेको बताए । प्रहरीको रोहबरमा छोडेको हुनाले अहिलेसम्म चुप लागेको र अब एकदुईदिनसम्म पनि सहमति कार्यान्वयन नभए पुनः घेराउ गर्ने तयारीमा आफूहरु रहेको उनीहरु बताउँछन् । अधिकांस बचतकर्ताले अहिले तिनै भावनालाई खोज्दै हिडिरहेका छन् । भावनाको ब्यावहारबाट बचतकर्ता पनि आजित रहेका समाचार श्रोत छ । बोल्नमा माहिर मानिने भावनाका गफले आकाश छुने एक जना बचतकर्ताले बताए ।
फोन उठ्दैन, सामाजिक संजालबाट धम्की
यता भावनालाई फोन गर्दा लाग्दैन । भावनाले कर्मचारीलाई पनि सामाजिक संजालमा ब्लक गरेको बताइएको छ । सहकारी घेराउ हुने सुचनाले भावना फरार रहेपछि अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । फोन नउठाएकी उनले ह्वाटस्एपमार्फत् भने सहकारी डुबाउने आफू नभएको बताउँदै छोडेको बताइन् ।
जो चोर उसैको ठुलो स्वर भनेझै लिगललाई अझै पनि आफूले कबमजोरी गरेकोमा कुनै ग्लानी छैन । उल्टै उनले धम्कीको भाषा बोल्न छोडेकी छैनन् । तपाइले सहकारी डुबाउनु भयो, कर्मचारीमाथि कुटपिट गरेको आरोप रहेको छ भन्दा उनले नबुझी नबोल्नुस्, त्यहि अफिस छ गउर बुझ्नुस् भन्दै उनले धम्कीको भाषा प्रयोग गरेकी छन् ।
शाखा चलाउने जिम्मा पाएकै ब्यक्तिबाट धोका र बदनामी खेप्न विवस सहकारीका अध्यक्ष खेमराज भण्डारीलेकर्मचारीसंग कुरा गर्ने र बचत रकम फिर्ता गर्ने बचन दिएका छन् । भावनाको बारेमा भण्डारीसंग बुझ्न खोज्दा उनले फोन उठाएनन् । कर्मचारीका अनुसार मञ्जुश्रीका अध्यक्ष भण्डारी पनि भावना लिगलसंगबाट हैरान छन् । भण्डारीको फोन पनि भावनाले उठाउन छोडेको सुनेको कर्मचारी बताउँछन् ।
पुराना कर्मचारी भन्छन् ‘पहिलेको म्यानेजर हुँदा राम्रो पनि थियो तर गत भावना जोडिएपछि सहकारी समस्यामा परेको छ । उनको ब्यावहारबाट हामीले पनि शंका गरेका थियौँ । तर हामी कर्मचारी भएपछि भनेको मान्नु पर्यो । केहि बोल्न मिलेन । यस्तो होला भनेर हामीले पनि सोचेका थिएनौँ । भण्डारीले फोन नउठाएपछि कर्मचारीको तलबको बारेमा थप कुराहरु निकाल्न सकिएन ।’ पटकपटक फोन लगाउँदा पनि भण्डारीले फोन उठाएनन् ।
इलाका प्रहरी कार्यालय पिपरासंग बुझ्दा सहमतिपछि सहकारीका संचालक सम्पर्कमा आएका छन् । प्रहरी नीक्षिक गोपाल रायमाझीले सहमतिपछि ६० हजार रुपैयाँ फिर्ता भएको र बाँकी पनि फिर्ताको तयारीमा रहेको कुरा अध्यक्षले आफूलाई बताएको बताए । सहकारीका अध्यक्ष सम्पर्कमै रहेको हुनाले चिन्ता नगर्न उनको बचतकर्तामा आग्रह छ ।
रायमाझीले पनि शाखा प्रमुख भावना लिगल फरार रहेका कारण समस्या जटिल बनेको बताउँछन् । उनको खोजी जारी रहेको रायमाचmीले बताए । कर्मचारीको पीडाबारे आफूलाई अहिले मात्र थाहा भएकाले उनीहरुको समस्याबारे पनि संवेदनशिल रहेको बताए ।
आगामी सोमबारसम्म थप एकडेढ लाख फिर्ता गर्ने र यसैगरी बचत रकम फिर्ता गर्दै जाने भण्डारीले बताएका छन् । सबै समस्या समाधान हुने भएकाले नआत्तिन आग्रह गर्दै भण्डारीले एकैपटक बचत फिर्ता नगरी सहज बातावरण प्रदान गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया