मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्रौटाका नापी सर्वेक्षक गुप्ता रंगेहात पक्राउ, कित्ताकाटको नाममा लिए घुस

चन्द्रौटाका नापी सर्वेक्षक गुप्ता रंगेहात पक्राउ, कित्ताकाटको नाममा लिए घुस

अपि टाइम्स

चन्द्रौटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचन प्रसाद गुप्तालाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले घुससहित उनलाई रंगेहात नियन्त्रणमा लिएको हो । कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उनलाई कार्यालय बाहिर नजिकको एक होटेलबाट नियन्त्रणमा लिएको बताएको अख्तियारले घुस रकमसहित अन्य विवरण भने खुलाइसकेको छ ।