मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पानी नपरेपछि खुलेनन् बाणगंगाका स्कुल, थपिएकै हो स्थानीय विदा ?

पानी नपरेपछि खुलेनन् बाणगंगाका स्कुल, थपिएकै हो स्थानीय विदा ?

अपि टाइम्स

बाणगंगा । दोश्रोपटक ३ दिन विदा थप भएको समय आइतबार सकियो तर कपिलवस्तुको बाणगंगा नगरपालिकाका विद्यालय खुल्न सकेनन् । आइतबार विद्यालय जाने विद्यार्थीहरु अहिले घरमा रहेका छन् ।

तापक्रम अत्यधिक बढेर थप असर हुने देखिएपछि बन्द गरिएका विद्यालयहरू आज नखुलेका हुन् । नगर मातहतका धेरैजसो स्कुलले विद्यालय नखुलेको सुचना अभिभावक र विद्यार्थीलाई गरेका छन् । नगरपालिका प्रमुख चक्रपाणी अर्यालले पनि यस्तो अवस्थामा विद्यार्थीलाई विद्यालय पठाउनु ठिक नहुने भन्दै थप समय स्थानीय विदा दिने सोचमा रहेको बताए ।

सोमबार सार्वजनिक बिदा रहेको हुँदा त्यो दिनसम्म पनि पानी नपरे बिदा थप लम्बिन सक्ने मेयर अर्यालको भनाई छ ।
उनले भने ‘यस्तै हो भने विद्यार्थीलाई स्कुल पठाएर मात्र के गर्ने, शिक्षकले के पढाउने बरु केहि दिन स्थानीय विदा थपौँ भन्नेमा छौँ । अब पानी परेपछि विद्यालय खोल्नुपर्छ कि जस्तो लागेको छ ।’

स्थानीय बिदा थप्नेबारे सुचना नै जारी गर्न सक्ने मेयर अर्यालले बताए । यसअघि ४ र ३ दिन गरी सातदिन गर्मी विदा दिइएको थियो ।

जेठ १५ यता कपिलवस्तुको अधिकतम तापक्रम ४२ डिग्री सेलसियससम्म पुगेको छ। यो तापक्रमलाई १० बर्ष यताके गर्मी भनिएको छ । जिल्लाका अरु पालिकाले पनि विदा लम्बाउन सक्ने बताइएको छ ।

लामो समयदेखि पानी नपर्दा गर्मी निकै बढेको छ भने दिउँसोमा तातो हावा चल्ने गरेको छ। अत्यावश्यक काम परेका बाहेक दिउँसोमा मानिसहरु घर बाहिर निस्कन छोडेका छन्।

लामो समयदेखि पानी नपर्दा मकैका बोटहरु सुक्न थालेका छन् भने धानको ब्याड राखेका खेतहरु पटपटी फुट्न थालेपछि किसान चिन्तित छन्। कपिलवस्तुमा पानी नपरेपछि भ्यागुताकोसमेत विहे गरिएको थियो ।