मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधि र कर्मचारीको गतिविधि नाङ्गै होइन छ्याङ्गै हुनुपर्दछः मरासिनी

जनप्रतिनिधि र कर्मचारीको गतिविधि नाङ्गै होइन छ्याङ्गै हुनुपर्दछः मरासिनी

अपि टाइम्स

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकाका गतिविधि पारदर्शी हुनुपर्ने बताएका छन् ।

आसन्न नगरपालिकाको १५ औँ नगर सभा तथा नीति कार्यक्रमको सन्दर्भमा पत्रकारहरुसंग भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत मरासिनीले नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका हरेक गतिविधि ठिकठाक हुनुपर्ने बताएका हुन् ।

मरासिनीले भने, ‘आदर्श र ब्यवाहार फरक कुराहरु हुन् । कतिपय अवस्थामा आदर्शभन्दा पनि बयावहारिक भएर काम गर्नुपर्दछ । सार्वजनिक ब्यक्तिका बारेमा गुनासा टिप्पणी आउनु स्वभाविक हो । यसलाई अनर्थ लिनु पनि हुँदैन । म भन्दछु हाम्रा गतिविधि छ्याङ्गै हुनुपर्दछ, नाङ्गै होइन ।’

मरासिनीले नाङ्गै हुने काम कसैले पनि गर्न नहुनेमा जोड दिए । नगरभित्रका ब्यक्तिबाट नगरकै बदनाम हुने गरी गतिविधि भए त्यो क्षम्य नहुने उनको आसय थियो । मरासिनीले आगामी असार ५ गते १५ औँ नगर सभामा प्रस्तुत हुने नीति कार्यक्रममा पनि पारदर्शिताका विषय समावेश हुने बताए ।

उनले आगामी नीति तथा कार्यक्रममा सामाजिक तथा भौतिक पूर्वाधार विकास, स्वास्थ्य, कृषि, शिक्षा, शुसासन तथा विपद् ब्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम आउने बताए ।
कार्यक्रममा पत्रकारहरुले नगरपालिकाको समग्र विकास र स्थानीय मिडियाको संरक्षण हुनेर गरी नीति कार्यक्रम ल्याउन सुझाएका थिए ।

पत्रकारका कुरा सुनिसकेपछि नगरप्रमुख चक्रपाणी अर्यालले धन्यबाद दिँदै रचनात्मक सुझाव ग्रहण गरेर अघि बढ्ने बताए । आगामी बजेटले नगरमातहतका रेडियो, टिभी लगायतका मिडिया र श्रमजिवी पत्रकारमा रहेका समस्या सम्बोधन गर्ने बताए ।