मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुकी पत्रकार पार्वती आचार्य दिदीसहित कर्तव्य ज्यान मुद्धामा पक्राउ

कपिलवस्तुकी पत्रकार पार्वती आचार्य दिदीसहित कर्तव्य ज्यान मुद्धामा पक्राउ

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुमा पत्रकारिता गरिरहेकी पार्वती आचार्य ‘४६ बर्ष’ कर्तव्य ज्यान मुद्धामा पक्राउ परेकी छन् । उनलाई फरार प्रतिवादीको रुपमा १८ बर्षपछि प्रहरीले पक्राउ गरेको हो । पार्वती आचार्यसंगै उनकी दिदी दुर्गा गौतम भन्ने दुर्गा आचार्य ‘ ५१ बर्ष’ पनि पक्राउ परेकी छन् । उनीहरुलाई गत वैशाख २२ गते बाणगंगाबाट प्रहरीले पक्राउ गरेको खुल्न आएको छ ।

कर्तव्य ज्यान कसुर मुद्धामा सर्वोच्च अदालतले उनीहरुलाई २०६३ / १०/ ३० गते दोषी ठहर गरेको थियो । तर उनीहरु फरार थिए । त्यसपछि प्रहरीले खोजीकार्य जारी राखेको थियो ।

बाणगंगा नगरपालिका बस्ने आचार्यले कपिलवस्तुमा पत्रकारिता गर्दै आइरहेकी थिइन् भने उनी इन्सके प्रतिनिधिको रुपमा पनि रहेकी थिइन् ।
यस्तो छ विस्तृत विवरण