मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मिडिया नीति’ ल्याउने तयारीमा बाणगंगा, यस्तो छ कारण

‘मिडिया नीति’ ल्याउने तयारीमा बाणगंगा, यस्तो छ कारण

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकाले चाँडै मिडिया नीति बनाउने भएको छ । नगरपालिका भित्र तथा बाहिरका संचार माध्यम र पत्रकारबीच रहेको रिक्तता अन्त्य गर्दै एकरुपता कायम गर्न मिडिया नीति बनाउन लागिएको हो ।

नगरपालिकाको १५ औँ नगरसभामार्फत् नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा बाणगंगा रहेको छ । यहि नीति र कार्यक्रममै यो विषय पेश हुने प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनीले बताए । यसको विषयमा एकदिन अघि पत्रकारहरुसंग छफलसमेत भएको थियो । पत्रकारहरुले पनि यस विषयको उठान छलफलमा उठाएका थिए ।

पत्रकारका कुरा सुनेपछि प्रमुख प्रशासकीय अधिकृत मरासिनीले स्थानीय तहका ब्यक्तिको नेतृत्व र कन्ट्रोलमा रहने गरी मिडिया नीति बन्ने छ । यसलाई नियमनको रुपमा नबुझ्न उनले आग्रह गरे । नगरप्रमुख चक्रपाणी अर्यालले पनि यस विषयमा आन्तरिक छलफल भएको भए तापनि अब निर्णयमा पुगिने बताए ।

नीति बनेपछि त्यहि नीतिमा टेकेर पत्रकारहरुले पनि गतिविधि संचालन गर्नुपर्ने उनले बताए । स्थानीय मिडियाको संरक्षणमा नगर सदैव सजग रहेको भन्दै यसपटकको नीति, कार्यक्रम र बजेट मिडियामैत्री भएर आउने मेयर अर्यालको भनाई छ । मिडिया र स्थानीय तहको सम्बन्ध राम्रो हुँदा नगरबासीले राम्रो सन्देश पाउने अपेक्षा गरिएको छ ।