मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महान्यायाधिवक्ता र गृहमन्त्री विरूद्धको मुद्धाको सुनुवाई यसकारण सर्यो

महान्यायाधिवक्ता र गृहमन्त्री विरूद्धको मुद्धाको सुनुवाई यसकारण सर्यो

अपि टाइम्स

काठमाडौँ । रवि लामिछानेविरूद्ध सहकारी ठगीको मुद्दा नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्र बदर गर्न माग गरिएको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ।

हेर्दाहेर्दैमा पर्नु भनेको शुक्रबार समय अभावका कारण अर्को दिनलाई सुनुवाइ सर्नु हो। उक्त रिटमा न्यायाधीश सपना प्रधान र सारंगा सुवेदीको इजलासले शुक्रबार दिनभर बहस सुन्दा पनि नसकिएपछि अर्को सुनुवाइ असार १६ गतेलाई सरेको छ।

यस रिटमा शुक्रबार दिनभरि रिट निवेदक र महान्याधिवक्ता कार्यालयका वकिलहरूले बहस गरेका थिए। अब लामिछानेका वकिलहरूको बहस हुन बाँकी रहेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।

उक्त रिटमा यसअघि सर्वोच्च अदालतले रूपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम सहकारी ठगीसम्बन्धी मिसिल झिकाउने आदेश गरेको थियो।

न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले रूपन्देही जिल्ला अदालतमा सरकारी वकिलले दर्ता गरेको मुद्दाको मिसिल झिकाउन आदेश गरेको हो।

विभिन्न सहकारीबाट ऋण लिएर ग्यालेक्सी टिभीमा पठाएको छानबिन प्रतिवेदनहरूले देखाएपछि उनीविरूद्ध पोखरा प्रहरीमा जाहेरी परेका थिए।

प्रहरीले उक्त जाहेरीलाई पुरक जाहेरीका रूपमा लिएको थियो।